site stats
बाह्रखरी :: Baahrakhari
देश
न्यायपालिकाप्रतिको आशंका निवारणमा सबै पक्षको प्रयास केन्द्रित हुनुपर्छ : प्रधानन्यायाधीश श्रेष्ठ
फाइल तस्बिर ।

काठमाडौं । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायपालिकाप्रतिको आशंकाहरूको निवारण तथा भरोसायोग्य न्याय प्रणालीको विकासका लागि संवद्ध सबै पक्षका प्रयासहरू केन्द्रित हुनुपर्ने बताएका छन् । शुक्रबारबाट काठमाडौंमा सुरु भएको कानुन व्यवसायीहरूको राष्ट्रिय सम्मेलनमा बोल्दै उनले सो कुरा बताएका हुन् । 

प्रधानन्यायाधीश श्रेष्ठले विशेषगरी आमनागरिकहरू विश्वस्त हुनसक्ने वातावरण निर्माण गर्ने ठोस र नतिजामुलक कार्य सम्पादन अहिलेको प्रमुख आवश्यकता भएको उल्लेख गर्दै त्यसका लागि नेपाल बार एशोसिएशन, कानुन व्यवसायीहरू र अदालतले मिलेर काम गर्नुपर्ने बताए । अदालत र बार एशोसिएशन तथा न्यायाधीश र कानुन व्यवसायीहरूको भूमिका केही फरक रहे पनि सबैको लक्ष्य वा गन्तव्य न्यायको सुनिश्चितता र न्यायपूर्ण समाजको प्रत्याभूति रहेको औल्याउँदै उनले आपसी सहकार्यलाई अझ सुदृढ बनाउँदै लैजानुपर्नेमा जोड दिए । 

प्रधानन्यायाधीश श्रेष्ठले आगामी साउनदेखि लागु हुनेगरी पाँचौँ पञ्चवर्षीय रणनीतिक योजनाको तर्जुमा भइरहेको भन्दै त्यसमा सुझाव दिन पनि नेपाल बारलगायत संवद्ध सबैमा आग्रह समेत गरे । 
 

प्रकाशित मिति: शुक्रबार, जेठ ४, २०८१  १३:३७
प्रतिक्रिया दिनुहोस्