site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
बाहिरैबाट अमेरिकी जागिर, तलब उत्तर कोरियाको हतियार उत्पादनमा !

वासिङटन । अमेरिकी अभियोजकले एक अमेरिकी महिलालाई  उत्तर कोरियालीलाई ‘रिमोट जब’ उपलब्ध गराएर तलब उत्तर कोरिया पठाउन मद्धत गरेको अभियोग लगाएका छन् । क्रिश्चियन च्यापम्यान र अन्य तीन उत्तर कोरियाली उक्त कार्यमा संलग्न भएको बताइएको छ । 

एरिजोनामा बस्दै आएकी ती महिलाले अवैध ढंगले अमेरिकी नागरिकको परिचय चोरेर विदेशी ‘आइटी वर्कर्स’लाई दिइएको र अमेरिकी नागरिकको  हैसियतमा विभिन्न कम्पनीमा काम गरेको अभियोजकले जनाएका छन् । 

Dabur Nepal
NIC Asia

च्यापम्यानलाई अमेरिकामा ठगीको षडयन्त्र गरेको अभियोग लगाइएको छ । अनुसन्धानमा अनौठो लाग्ने त्यो स्किममा ६० जनाको परिचय चोरी गरिएको र झण्डै सात मिलियन डलर रकम जम्मा गरी उत्तर कोरिया पठाएको पाइएको उल्लेख छ । सभवतः उक्त रकम उत्तर कोरियाको हतियार कार्यक्रमलाई योगदान गर्नका लागि हुनसक्ने अनुमान छ । 

उक्त स्किममा करिब ३०० अमेरिकी कम्पनी मुछिएका छन् । यस खालको काम सन २०२० को अक्टोबरबाट सुरु भएको र ती कामदार सूचना प्रविधि(आईटी) सम्बन्धी ‘हाइली स्किल्ड’ कामदार भएको जनाइएको छ । 

ती कम्पनीहरू यो स्किमबारे जानकार नरहेको बताइएको छ । उनीहरूको पहिचान पनि दिइएको छैन । तर, ती कम्पनीमा केही फर्चुन ५०० कम्पनी, एउटा प्रमुख टेलिभिजन नेटवर्क, इन्डिक्टा डिफेन्स कम्पनी, एक सिलिकन भ्याली टेक कम्पनी, एक अमेरिकन अटो म्यानुफ्याक्चररलगायत भएको जनाइएको छ ।
 
४९ वर्षिया च्यापम्यानले घरमा ल्यापटप फार्म नै खोलेको तथा त्यहीँबाट उनले कम्पनीबाट ईश्यू गरेका ल्यापटप खोल्ने र त्यो उत्तर कोरियन कामदारले अर्कै देशबाट ‘फिजिकल्ली’ अमेरिकामा रहेको देखिने गरी चलाउने गरेको जनाइएको छ । ती महिलाले ‘रिमोट्ली कनेक्ट’ गर्ने समेत उल्लेख छ । कम्पनीबाट तलब लिने व्यवस्था समेत त्यसैगरी गरिएको ५७ पेजको अभियोग कागजातमा उल्लेख  छ ।

जागिर मिलाइदिएबापत च्यापम्यानले ओभरसिज आईटी कामदारसँग मासिक रुपमा रकम लिने गरेको अभियोगपत्रमा उल्लेख छ । यो अभियोग रिमोटबाट आईटी क्षेत्रको काम लगाउने अमेरिकी कम्पनी र सरकारी एजेन्सीलाई ‘वेकअप कल’ भएको अमेरिकी न्याय मन्त्रालयमा फौजदारी डिभिजनका प्रमुख निकोल अर्जेन्टाइरीले बताएकी छन् । 

अधिकारीहरूका अनुसार च्यापम्यानलाई २०२० को मार्चमा अज्ञात व्यक्तिले फोन गरेर आफ्नो कम्पनीको ‘बी द यूएस फेस’ भनेका थिए । च्यापम्यानबाहेक उत्तर कोरियाली नागरिकहरू जीहो हान, चुन्जी जीन र हाओरोन सु पनि उक्त ठगीमा संलग्न रहेको जनाइएको छ । ती सबै उत्तर कोरियाको हतियार उद्योग विभागसँग सम्बन्धित भएको अमेरिकी विदेश मन्त्रालयले उल्लेख गरेको छ । उक्त विभागले त्यहाँ बलिस्टिक मिसाइल र हतियार उत्पादनको काम गरिरहेको जनाइएको छ ।

च्यापम्यानलाई बिहीबार एरिजोनाबाट पक्राउ गरिएको र उनको तर्फबाट बोल्ने वकिल नियुक्त गरे अथवा नगरेको खुलेको छैन बीबीसी

 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ ४, २०८१  १२:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro