काठमाडौं । नेपाल तरुण दलले एमाले सांसद योगेश भट्टराईको अभिव्यक्तिमा आपत्ति जनाएको छ । बिहीबारको बैठकमा नेकपा एमालेका सचिव समेत रहेका भट्टराईले संसद् तरुण दल क्लब जस्तो होइन भन्दै कांग्रेसका विषयमा टिप्पणी गरेका थिए ।
त्यसमा जवाफ दिँदै तरुण दल अध्यक्ष विद्वान गुरुङले तरुण दल संसद्को सबैभन्दा ठूलो र लोकतान्त्रिक पार्टीको भातृ संस्था हो भन्ने हेक्का राख्न आग्रह गरेका हुन् । “नेपाल तरुण दल कुनै क्लब होइन, संसद्को सबैभन्दा ठूलो र लोकतन्त्रवादी पार्टीको भातृ संस्था हो,” गुरुङले भने, “यतिकुराको हेक्का राख्न म एमाले नेता योगेश भट्टराईलाई ध्यानाकर्षण गर्दछु ।”
उनले संसद्मा अराजक गतिविधि गर्ने पार्टीले तरुण दललाई होच्याउने प्रयास नगर्न आग्रह समेत गरेका छन् ।