site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
डीपी अर्याल र लिङदेनसित सभामुखले गरे छलफल
सभामुख देवराज घिमिरे । फाइल तस्बिर ।

काठमाडौं । सभामुख देवराज घिमिरेले संसद्‌मा जारी अवरोधबारे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यवाहक सभापति डीपी अर्याल र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनसँग छुट्टाछुट्टै छलफल गरेका छन् ।

आइतबार (असार १) बिहान सभामुखले अर्यालसँग नयाँ बानेश्वरस्थित आफ्नो कार्यकक्षमा छलफल गरेका हुन् । त्यसक्रममा उनले संवैधानिक सीमाका कारण बजेटमाथिको छलफल सुरु गर्नैपर्ने बाध्यता रहेको भन्दै अवरोधको स्वरूप बदल्न आग्रह गरेका सभामुखको सचिवालयले जनाएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

अर्यालले भने आफूहरूको अवरोध जारी रहने बताए ।

अर्कोतर्फ, सभामुखले लिङदेनसित टेलिफोनमा छलफल गरेका हुन् । उनले आफ्ना विषय राखेर सदन सञ्चालनको वातावरण बनाउन सहयोग गर्न लिङदेनलाई आग्रह गरे ।

शुक्रबार (जेठ ३०) रास्वपा सांसद वेल घेराउ गर्न पुगेका थिए । राप्रपा सांसद भने गृहमन्त्री रमेश लेखक बोल्दासम्म सदनमा उभिएको थियो । भिजिट भिसा प्रकरणमा छानबिन समिति बनाउनुपर्ने उनीहरूको माग छ ।

प्रकाशित मिति: आइतबार, असार १, २०८२  ११:५६
प्रतिक्रिया दिनुहोस्