site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
गगनको प्रश्न– सहकारी ठगलाई जोगाउने कि कारबाही गर्ने ?
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सदनमा सहकारी ठगलाई जोगाउने कि कारबाही गर्ने भन्ने दुई पक्ष रहेको बताएका छन् । बिहीबारको प्रतिनिधिसभा बैठकपछि पत्रकार सम्मेलन गर्दै उनले सदनका दलहरूले कता उभिने भन्ने निर्णय गरिनुपर्ने बताए । 

“सदनभित्र हामी दुईटा पक्षजस्तो देखियौँ । एउटा सहकारी ठग जोगाउने पक्ष, एउटा सहकारी ठगलाई कारबाही गर्ने पक्ष । सहकारी ठगलाई संरक्षण गर्ने, जोगाउने पक्षमा उभिने कि सहकारी ठगलाई कारबाही गर्ने बाटोमा लिएर जाने भन्ने पक्षमा उभिने कुरा सदनभित्र रहेका सबै राजनीतिक दलले यसका बारेमा निर्णय गर्ने कुरा हो,” उनले भने । 

उनले आफूहरूमा सदनभित्र मुठभेडको चाहना नरहेको बताए । थापाले छानबिन गर्नुपर्ने माग राखिएको बताए । अब संसदीय समिति नबनेसम्म सदनको कारबाही अघि बढ्न नदिइने उनको भनाइ छ । भोलिको बैठक बस्नुअघि संसदीय छानबिन समिति बन्ने विश्वास समेत व्यक्त गरे । उनले पुराना फाइल खोल्नैपर्ने बताए ।
 

प्रकाशित मिति: बिहीबार, जेठ ३, २०८१  १९:४५
प्रतिक्रिया दिनुहोस्