site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
संसद् कांग्रेसको केन्द्रीय समिति वा तरुण क्लब होइन : योगेश भट्टराई
फाइल तस्बिर ।

काठमाडौं । सत्तारूढ दल नेकपा (एमाले)का सांसद योगेश भट्टराईले संसद्‌लाई आफ्नो दलको केन्द्रीय समिति नठान्न नेपाली कांग्रेसलाई चेतावनी दिएका छन् । उनले भोलिबाट संसद् नियमित कार्यसूचीमा अघि बढ्ने पनि बताए ।

बिहीबार प्रतिनिधिसभा बैठकमा प्रमुख प्रतिपक्ष कांग्रेसकै अवरोधका बीच सभामुख देवराज घिमिरलेले संसद् बैठक अघि बढाएका थिए । जबरजस्ती बैठक अघि बढाएपछि सदनमा मुठभेडको स्थिति सिर्जना भएको थियो । त्यसपश्चात् सभामुखले सदन बैठक स्थगित गरे ।

बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले कांग्रेसले भनेकै मान्नु नपर्ने बताए ।उनले गृहमन्त्रीलाई सदनमा बोल्न दिनुपर्ने पनि बताए ।

“बोल्न नदिने, जवाफ दिन नदिने हुँदैन । यो कांग्रेसको केन्द्रीय समिति हैन, सदन हो । जनताबाट चुनिएर आएका २७५ जना प्रतिनिधि बस्ने हो । यो नेविसंघ वा तरुण क्लबजस्तो हैन, संसद् हो । मर्यादा हुन्छ । कांंग्रेसमात्र छैन यहाँ । हामी पनि छौँ,” उनले भने ।

प्रकाशित मिति: बिहीबार, जेठ ३, २०८१  १९:०३
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय