site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
सभामुख पार्टी नेतृत्वको निर्देशनबमोजिम चल्नु भनेको दुर्भाग्यपूर्ण : महत 
फाइल तस्बिर ।

काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रकाशशरण महतले सभामुख देवराज घिमिरे नेकपा (एमाले)को निर्देशनअनुसार अघि बढेको आरोप लगाएका छन् । संसद्‌ बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले सभामुख पार्टी नेतृत्वको निर्देशनअनुसार चलेको दाबी गरेका हुन् । 

“सिधै तलबाट नेताहरूले अघि बढा भन्ने । र, सभामुखले जबरजस्ती वेलमा विपक्ष दल निस्केको छ । त्यसका बाबजुद जसरी उहाँले सदन सञ्चालन गर्न थाल्नुभयो संसदीय इतिहासमा सबैभन्दा अर्मयादित, गर्न नहुने, संसदीय विधिको बर्खिलाप स्वयम् त्यसको रक्षा गर्न बसेको सभामुखले पार्टी नेतृत्वको निर्देशन बमोजिम हुनु भनेको दुर्भाग्यपूर्ण कुरा हो,” उनले भने । 

Argakhachi Cement Island Ad

उनले एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि पार्टीले कुनै आक्रमण नगरेको बताए । उनले कांग्रेस संसदीय मर्यादा मान्ने पार्टी भएको बताए । 

उनले गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न समिति बन्नुपर्ने पनि बताए । अब सत्तापक्ष कसरी अघि बढ्छ भन्नेमा निर्भर रहने उनको भनाइ छ ।

प्रकाशित मिति: बिहीबार, जेठ ३, २०८१  १८:५१
प्रतिक्रिया दिनुहोस्