site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
भोलिदेखि सुरू हुने कानुन व्यवसायीको राष्ट्रिय सम्मेलनको तयारी पूरा 

काठमाडौं । नेपाल बार एसोसिएसनले शुक्रबार (भोलि)देखि सुरू हुने कानुन व्यवसायीहरूको राष्ट्रिय सम्मेलनको तयारी पूरा भएको जनाएको छ । नेपाल बारले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै जेठ ६ गतेसम्म काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा हुने १६औँ अखिल नेपाल कानुन व्यवसायी राष्ट्रिय सम्मेलन २०८१ को तयारी पूरा भएको जनाएको हो ।

‘सक्षम कानुन व्यवसायी, मर्यादित बार : न्यायपालीकाको पुनसंरचना लोकतन्त्र सुदृढीकरणको आधार’ भन्ने नाराका साथ सम्मेलनको आयोजना गरिएको बारका अध्यक्ष गोपाल कृष्ण घिमिरेले जानकारी दिए । 

Dabur Nepal
NIC Asia

न्याय प्रशासनलाई आधुनिकीकरण, विकसित, स्वच्छ, निष्पक्ष तथा न्याय उन्मुख बनाउन सम्मेलन कोशेढुंगा हुने उनले बताए । उनले न्यायापालिकामा व्याप्त विकृति, विसंगति र भ्रष्टाचार अन्त्यको निम्ति न्यायपालिकाको पुनसंरचना अपरिहार्य रहेको धारणा राखे । 

सम्मेलनका क्रममा कानुनको अध्ययन तथा अनुसन्धानमा स्थापित निकायहरूको तर्फबाट कार्यपत्र प्रस्तुत हुने कार्यक्रम रहेको बारले जनाएको छ ।

नेपाल बार एसोसिएसनको गएको मंसिर २४ र २५ गते चितवनमा सम्पन्न केन्द्रीय कार्यकारिणी परिषद्को बैठकले सर्वोच्च अदालतका न्यायाधीशहरूको पदावधिको सम्बन्धमा एक अध्ययन समिति गठन गरी सोसम्बन्धी निर्णय लिनका लागि सम्मेलनमा प्रस्ताव पेस गर्ने उनको भनाइ छ । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ ३, २०८१  १५:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro