site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
यी हुन् मन्त्रिपरिषद् बैठकका मुख्य निर्णय 
फाइल तस्बिर ।

काठमाडौं । सरकारले जलवायु परिवर्तनअनुकूलन कार्यक्रम कार्यन्वयनका निम्ति फिनल्यान्ड सरकारबाट प्राप्त हुने १३ मिलियन युरो अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकबाट नेपाल प्रशासन सेवा समूहीकरणअन्तर्गतको राजपत्रांकित विशिष्ठ श्रेणीको पदमा लोकनाथ पौडेललाई बढुवा गर्ने निर्णय पनि गरिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । पौडेल हाल मधेस प्रदेशको कायममुकायम सचिवका रूपमा कार्यरत छन् ।

यस्तै, नेपाल कृषि वन सेवा समूहीकरणअन्तर्गत राजपत्रांकित विशिष्ठ श्रेणीको पदमा राजेन्द्रप्रसाद मिश्रलाई बढुवा गर्ने निर्णय गरिएको छ ।

नीति अनुसन्धान प्रतिष्ठान विकास समितिको कार्यकारी अध्यक्ष पदमा प्रा. डा. लेखनाथ शर्मालाई नियुक्त गर्ने निर्णय गरिएको उनले बताइन् ।

न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्ष पदमा संगीता खड्कालाई नियुक्त गर्ने निर्णय समेत मन्त्रिपरिषद्को बैठकबाट गरिएको सञ्चारमन्त्री शर्माले जानकारी दिइन् ।

प्रकाशित मिति: बिहीबार, जेठ ३, २०८१  १५:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro