site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अर्थतन्त्र चलायमान बनाउने बजेट आउँछ : अर्थसचिव मरासिनी
फाइल तस्बिर ।
SkywellSkywell

काठमाडौं । अर्थसचिव मधुकुमार मरासिनीले बजेटको प्राथमिकता आन्तरिक अर्थतन्त्रलाई सुधार गरी शिथिल अर्थतन्त्रलाई चलायमान बनाउने रहेको बताएका छन् ।

बिहीबार काठमाडौंमा भएको प्रि–बजेट छलफल कार्यक्रममा बोल्दै अर्थसचिव मरासिनीले सरकारको प्रमुख प्राथमिकता आन्तरिक अर्थतन्त्रलाई सुधार गरी चलायमान बनाउने रहेको बताएका हुन् । उनले विगतमा बाह्य अर्थतन्त्रलाई सुधार गर्नुपर्ने दबाब भए पनि अहिले त्यो सकारात्मक भएको भन्दै आन्तरिक अर्थतन्त्रमा सुधारको आवश्यकता देखिएको बताए । सरकारसँग विदेशी मुद्रा सञ्चिति मात्रै १२ महिनाभन्दा बढी आयात र निर्यात गर्नसक्ने क्षमता रहेको स्पष्ट पारे ।

KFC Island Ad
NIC Asia

अर्थसचिव मरासिनीले बजेट र मौद्रिक नीति अर्थतन्त्रमा देखिएको शिथिलतालाई चिर्नसक्ने गरी आउने दाबी गरे । सरकारले ल्याउने बजेटले अर्थतन्त्रलाई चलायमान बनाएर सरकारले सोचे अनुसारको आर्थिक वृद्धि गर्ने र निजी क्षेत्रको मनोबल उच्च बनाउने जिकिर गरे ।

"१२ महिनाभन्दा बढीको आयात निर्यात धान्नसक्ने विदेशी मुद्रा सञ्चिति छ । यसरी हेर्दा बाह्य क्षेत्र सकारात्मक छ । अब सरकारले आन्तरिक अर्थतन्त्रमा सुधार गर्नुपर्ने आवश्यकता देखिएको छ । सरकारले बनाउने अबका नीतिहरू निजी क्षेत्रले अर्थतन्त्रमा शिथिलताको महसुस गर्नुभएको छ । त्यसलाई चिर्ने हिसाबले जान्छ । विगतमा सरकारले बाह्य क्षेत्रमा सुधार गर्नुपर्ने थियो अब सरकारको कोर्ष अर्थतन्त्रको आन्तरिक क्षेत्रमा शिथिलता भएको छ त्यसलाई चिर्ने गरी बजेट र मौद्रिक नीति ल्याउनुपर्ने छ," उनले भने ।

उनले अहिले केही क्षेत्रगत समस्याहरू रहेको भन्दै त्यस्ता समस्यालाई सुधार गर्न आवश्यक रहेको बताए । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ ३, २०८१  १४:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro