site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
स्लोभाकियाका प्रधानमन्त्रीको अवस्था ‘नाजुक’
तस्बिर : रोयटर्स ।
SkywellSkywell

काठमाडौं । गोली हानी हत्या प्रयास गरिएका युरोपेली मुलुक स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिकोकोे स्थानीय अस्पतालमा गम्भीर अवस्थामा उपचार भइरहेको छ । एक सरकारी बैठकबाट बाहिरिने क्रममा बुधबार हैंडलोवा भन्ने सहरमा उनीमाथि गोली प्रहार गरिएको थियो ।

स्लोभाकियाका रक्षामन्त्री रोबर्ट कलिनकका अनुसार, गोली लागेपछि तीन घण्टासम्म अस्पतालमा प्रधानमन्त्री फिकोको सर्जरी गरिएको थियो । अहिले स्वास्थ्य अवस्था खराब छ ।

Dabur Nepal
NIC Asia

स्लोभाकियाका राष्ट्रपति र अरू नेताले यो आक्रमणलाई लोकतन्त्रमाथिको हमला भन्दै निन्दा गरेका छन् । आक्रमणकारीलाई प्रहरीले तुरुन्तै पक्राउ गरे पनि उनीबारे जानकारी गराइएको छैन ।

उता, स्लोभाकियाका उपप्रधानमन्त्री थोमस तराबाले अस्पतालमा प्रधानमन्त्रीको राम्रोसँग उपचार भइरहेको जनाएका छन् । उनले भनेका छन्, “मलाई लाग्छ, प्रधानमन्त्री बाँच्नुहुन्छ । उहाँको जीवन खतरामा छैन ।”

गृहमन्त्री मेटस सुतज एस्तोकले प्रधानमन्त्रीलाई पेटमा गोली लागेको जनाएका छन् । प्रारम्भिक अनुसन्धानबाट आक्रमण राजनीतिकप्रेरित रहेको संकेत मिलेको उनले जनाएका छन् ।

७१ वर्षीय वृद्ध आक्रमणकारी !
केही अपुष्ट मिडिया रिपोर्टले आक्रमणकारी ७१ वर्षीय लेखक तथा राजनीतिक कार्यकर्ता भएको जनाएका छन् । स्लोभाकियाको मिडियामा व्यापक रूपमा प्रचारित एक भिडियोमा संदिग्ध आक्रमणकारीलाई देखाइएको छ । फुटेजमा देखाइएका व्यक्ति सरकारी नीति र मिडियामा सरकारको व्यवहारप्रति असहमत रहँदै आएका थिए ।

५९ वर्षीय प्रधानमन्त्री फिको गएको सेप्टेम्बरमा भएको निर्वाचनबाट पपुलिस्ट नेसनलिस्ट गठबन्धनको नेताका रूपमा सत्तामा आएका हुन् । प्रधानमन्त्रीका रूपमा उनको कार्यकाल निकै विवादास्पद छ ।

उनले यसै वर्षको जनवरीमा युक्रेनलाई दिइएको सैन्य सहायता रोकेका थिए । हालै सरकारी प्रसारक आरटीबीएसलाई अन्त्य गर्ने योजनातर्फ उनी अघि बढेका थिए । पछिल्ला सातामा स्लोभाकियाका हजारौँ जनताले सरकारी प्रसारकसँग जोडिएको योजनाको विरोध गरेका थिए । बीबीसी हिन्दीबाट ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ ३, २०८१  १०:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu