site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
एकीकृत समाजवादीले पहिल्यायो संगठन निर्माणका ११ समस्या 
फाइल तस्बिर ।

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले पार्टी संगठन निर्माणमा देखिएको समस्या पहिल्याएको छ । जारी केन्द्रीय कमिटी बैठकमा महासचिव घनश्याम भुसालले प्रस्तुत गरेको संगठनात्मक प्रस्तावमा पार्टी निर्माणमा ११ समस्या देखिएको उल्लेख छ । 

एमालेबाट विभाजित हुँदा कसलाई कुन जिम्मेवारी दिने भन्ने मापदण्ड नबनाइएकाले अहिले समस्या उत्पन्न भएको प्रस्तावमा उल्लेख छ । “एकै समयमा देशैभरी कमिटीहरू बनाउनु पर्ने अवस्थामा कसलाई कुन जिम्मेवारी दिने भन्ने मापदण्ड बनाउँदा विद्रोहको बेला देखिएको तत्कालीन सक्रियतालाई ध्यान दिनु स्वाभाविक थियो । तर, विद्रोहको समयको सक्रियता विचार, सिद्धान्त र राजनीतिक तथा सांगठनिक योग्यता र अनुभवबिना लामो समय टिकाउन सजिलो हुँदैन,” प्रस्तावमा भनिएको छ, “विद्रोहलाई व्यवस्था र विधिमा ढाल्नु पर्ने अवस्थामा ती कमजोरीहरू विभिन्न क्षेत्रमा देखिँदै गएका छन् । त्यसले गर्दा कतिपयमा कमिटीमा नकारात्मक प्रभाव परेका छन् ।” 

त्यस्तै, एमालेमा रहेको गुटबन्दीले किनारामा परेका कार्यकर्ताहरू पार्टीमा आएको बताइएको छ । जिम्मेवारी र क्षमतामा तालमेल नहुँदा माथिल्लो पदमा रहेका कतिपय नेताहरूले सांगठनिक जिम्मेवारी पूरा गर्न नसक्ने अवस्था देखिएको सांगठनिक प्रस्तावमा उल्लेख छ । 

त्यस्तै, गएको ०७९ को निर्वाचनमा गठबन्धनमा निर्भर रहँदा पार्टी निर्माणको काम ओझेलमा परेको भुसालको ठम्याइ छ । निर्वाचनमा अपेक्षित नतिजा नआउँदा पार्टीमा आकर्षण कम हुँदै गएको प्रस्तावमा उल्लेख छ । “स्थानीय र संघीय निर्वाचनमा हामीले अपेक्षित उपलब्धि हासिल गर्न सकेनौँ । जसले गर्दा पार्टीमा उर्जा र आकर्षण कम हुँदै गयो । त्यसलाई चिरेर नयाँ उर्जा सिर्जना गर्न अझै धेरै परिश्रम गर्नुपर्नेछ,” प्रस्तावमा भनिएको छ ।

संगठनको माथिल्लो तहमा नै समस्या भएपछि तल्ला कमिटीहरूलाई जनवादी केन्द्रीयताअनुसार सञ्चालन गर्न कठिनाइ रहेको उल्लेख छ । कमिटी र पद्धतिमाथि व्यक्ति र तदर्थवाद हावी हुने अवस्था अझैसम्म कायम रहनु समस्या रहेको प्रस्तावमा उल्लेख छ । पार्टीमा रहेको सांगठनिक तथा राजनीतिक कमजोरीहरूले गर्दा त्यो आकर्षण क्रमशः कमजोर हुँदै गएको ठम्याइ प्रस्तुत गरिएको छ । संसद् र सरकारमा पार्टीको अपेक्षित भूमिकालाई अझैसम्म स्थापित गर्न नसकिएको स्वीकार गरिएको छ ।

प्रकाशित मिति: बुधबार, जेठ २, २०८१  १३:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro