अर्थ व्यवसाय

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य बढेर कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला एक हजार रुपैयाँले बढेर कारोबार भएको हो ।
बुधबार छापावाल सुन प्रतितोला एक लाख ३८ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । मंगलबार छापावाल सुन प्रतितोला एक लाख ३७ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।
बुधबार तेजाबी सुन प्रतितोला एक लाख ३७ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ ।
चाँदीको मूल्य बुधबार पाँच रूपैयाँले बढेर कारोबार भएको महासंघले जानकारी दिएको छ । बुधबार चाँदी प्रतितोेला एक हजार ७४५ रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी प्रतितोला एक हजार ७४० रुपैयाँमा कारोबार भएको थियो ।
प्रकाशित मिति: बुधबार, जेठ २, २०८१ १०:४७
प्रतिक्रिया दिनुहोस्