site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
प्रभु बैंकका ग्राहकलाई काठमाण्डू मोडेल अस्पतालमा छुट
Argakhachi Cement Island Ad

काठमाडौं । प्रदशनिमार्गस्थित काठमाण्डू मोडेल अस्पताल र प्रभु बैंक लिमिटेडबीच बैंकका ग्राहकलाई अस्पतालको सेवा सुविधामा छुट प्रदान गर्ने सम्झौता भएको छ । काठमाण्डू मोडेल अस्पतालका प्रबन्ध निर्देशक गौरी प्रधान र प्रभु बैंकका प्रमुख मार्केटिङ अफिसर रवीन्द्र ढकालले समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार प्रभु बैंकका सम्पूर्ण ग्राहक, कार्ड प्रयोगकर्ता, कर्मचारी तथा कर्मचारीका पारिवारले काठमाण्डू मोडेल अस्पतालमा उपचार सेवा लिँदा अन्तरङ तथा बहिरङ सेवामा ओपीडी टिकटबाहेक रेडियोलोजी, प्याथोलोजी, फार्मेसी, फिजियोथेरापी, दन्त सेवालगायत सेवामा विशेष छुट प्राप्त गर्न सक्नेछन् । प्रभु बैकका कर्मचारी तथा ग्राहकले आफू बैकसँगको आबद्धताको प्रमाणका आधारमा यो सुबिधा सहजै प्राप्त गर्न सक्नेछन् ।

हालसालै ‘बैंक अफ द इयर २०२३’ बाट सम्मानित प्रभु बैंकले नेपालभर ३०२ शाखा कार्यालय, २८५ एटीएम र ७० एक्सटेन्सन काउन्टरमार्पmत सेवा दिँदै आएको छ । 

प्रकाशित मिति: बुधबार, जेठ २, २०८१  १०:३५
प्रतिक्रिया दिनुहोस्