site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
खेल रद्द हुँदा कोलकाता शीर्ष दुईमा निश्चित, गुजरात बाहिरियो

काठमाडौं । गुजरात जायन्ट्सविरुद्धको खेल रद्द हुँदा इन्डियन प्रिमियर लिग (आईपीएल)मा कोलकाता नाइट राइडर्सले शीर्ष दुईमा स्थान निश्चित गरेको छ । सोमबार अहमदाबादस्थित नरेन्द्र मोदी रंगशालामा हुने तय भए पनि वर्षाका कारण टस समेत नभई खेल रद्द भएको हो ।

खेल रद्द हुँदा दुवै टिमले समान एक अंक बाँड्दा कोलकाताले तालिकाको शीर्ष दुई स्थान निश्चित गरेको छ । खेल रद्द हुँदा साविक उपविजेता समेत रहेको गुजरात टाइटन्सको भने प्लेअफमा पुग्ने सम्भावना समाप्त भएको छ ।

तालिकाको शीर्ष स्थानमा आसीन कोलकाताले १३ खेलबाट १९ अंक जोडेको छ । त्यो दोस्रो स्थानको राजस्थान रोयल्सको भन्दा तीन अंक धेरै हो । राजस्थानले १२ खेलबाट १६ अंक जोडेको छ ।

प्रतियोगिताको प्लेअफ दौडबाट बाहिरिएको गुजरात १३ खेलबाट ११ अंकसहित आठौँ स्थानमा छ । गुजरात प्लेअफ दौडबाट बाहिरिने तेस्रो क्लब बनेको हो । मुम्बई इन्डियन्स र पञ्जाब किंग्सको पनि प्लेअफ सम्भावना समाप्त भइसकेको छ ।

प्रकाशित मिति: मंगलबार, जेठ १, २०८१  ०९:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro