site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
सम्पत्ति शुद्धीकरणमा दुर्गासिंह तामाङ दोषी ठहर, ५४ लाख जरिवानासहित ६ वर्ष कैद 

काठमाडौं । सम्पत्ति शुद्धीकरण मुद्दामा मनिष भनिने दुर्गासिंह तामाङ दोषी ठहर भएका छन् । विशेष अदालतका न्यायाधीशहरू अध्यक्ष टेकनारायण कुँवर र सदस्य मुरारीबाबु श्रेष्ठको इजलासले सोमबार तामाङलाई दोषी ठहर गरेको हो ।

लागुऔषध मुद्दामा काठमाडौं जिल्ला अदालतबाट १० वर्ष कैद र एक लाख रुपैयाँ जरिवानाको सजाय पाएका तामाङविरुद्ध अवैध आम्दानी भएको देखिएको दाबीसहित सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले वैशाख २ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

Dabur Nepal
NIC Asia

अदालतबाट उनले २७ लाख १७ हजार रुपैयाँ बराबरको अवैध आम्दानी गरेको ठहर भएको छ ।

अदालतले तामाङबाट ५४ लाख ३४ हजार जरिवाना असुल्न भनेको छ । उनलाई लागुऔषधबाहेक थप ६ वर्ष कैद सजाय हुने पनि फैसला भएको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख ३१, २०८१  १८:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro