site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
तनहुँमा तास खेलिरहेका आठजना पक्राउ, बन्दुक बरामद

काठमाडौं । तनहुँमा तास खेलिरहेका आठजना पक्राउ परेका छन् । व्यास नगरपालिका–३, अनशन चौतारीका ४५ वर्षीय लक्ष्मण मल्लको घरमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा मल्लसहित आठजना छन् । शनिबार (आज) दिउँसो उनीहरूलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ । ६८ हजार ८१८ रुपैयाँसहित उनीहरूलाई पक्राउ गरिएको हो ।

साथै, मल्लको घर तलासी गर्ने क्रममा २२ बोरको ‘हर्नेट’ राइफल एकथान, म्याग्जिन एकथान र गोली एक राउन्ड फेला पारी बरामद गरिएको प्रहरीले जनाएको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शनिबार, वैशाख २९, २०८१  १६:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro