site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
संसदीय छानबिन समिति नबन्दासम्म संसद् चल्न दिँदैनौँ : निधि
फाइल तस्बिर ।

जनकपुरधाम । नेपाली कांग्रेसका केन्द्रीय सदस्य विमलेन्द्र निधिले सहकारीको बचत हिनामिना प्रकरणमा संसदीय छानबिन समिति गठन नगरिएसम्म संसद् चल्न नदिने बताएका छन् ।

नेता निधिले जनकपुरमा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै वर्तमान सत्तापक्षले सहकारी ठगी प्रकरणका विषयमा छानबिन समिति बनाउन नदिएको आरोप लगाए । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि लागेको सहकारी ठगी प्रकरणको आरोप सत्य हो वा होइन भन्ने विषयको संसदीय छानबिनमार्फत छिनोफानो हुनुपर्ने उनको भनाइ थियो ।

“गृहमन्त्री लामिछानेले संसद्‌मा स्पष्टीकरण दिएर मात्र हुँदैन, त्यसका लागि संसदीय छानबिन समिति गठन नै एक मात्र निकास हो,” नेता निधिले भने ।

छानबिन समिति गठन गर्न सरकार तयार नभएसम्म सदन चल्न नदिने अडान दोहो¥याउँदै उनले सांसदहरूले जनसरोकारका विषय सदनमा  उठाउन नपाएपछि सदनको बैठक बस्नुको कुनै अर्थ नरहेको स्पष्ट पारे ।

चितवन, भैरहवा र पोखरामा सहकारीमा भएका अनियमितताबारे प्रहरीले छानबिन समेत गरेको नेता निधिले उल्लेख गरे ।

फरक प्रसंगमा उनले मुलुकभरिका आगलागीपीडितलाई सरकारी पक्षबाट आवश्यक सहयोगका निम्ति आग्रह गरे । रासस

प्रकाशित मिति: शनिबार, वैशाख २९, २०८१  १४:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro