site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
यी हुन् मन्त्रिपरिषद्का मुख्य चार निर्णय

काठमाडौं । सरकारले प्रहरी नायब महानिरीक्षक (डीआईजी)द्वय उमेशराज जोशी र भीमप्रसाद ढकाललाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवा गरेको छ ।

बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकका मुख्य निर्णय सुनाउँदै  सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बढुवा गरी जोशी र ढकाललाई पदस्थापन गर्ने निर्णय गरिएको जानकारी गराइन् ।

यस्तै, अन्तर्राष्ट्रियस्तरको क्रिकेट, कराँते, तेक्वान्दो र कबड्डी प्रतियोगितामा विजयी तथा पदक प्राप्त खेलाडी, प्रशिक्षक र व्यवस्थापक गरी ४२ जनालाई पुरस्कार तथा सम्मान गर्न मन्त्रिपरिषद्ले स्वीकृति दिएको छ ।

समाजकल्याण परिषद्को उपाध्यक्ष पदमा नन्दलाल माझीलाई मनोनयन गर्ने निर्णय गरिएको छ । भाषा आयोगको सदस्य पदमा सुरेश मानन्धरलाई नियुक्त गर्ने निर्णय समेत गरिएको सरकारका प्रवक्ता मन्त्री शर्माले जानकारी दिइन् ।

प्रकाशित मिति: बिहीबार, वैशाख २७, २०८१  १८:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro