site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
फेडेक्सको कार्गो जहाज अवतरणका क्रममा दुर्घटना 
Sarbottam CementSarbottam Cement

काठमाडौं । फ्रान्सबाट टर्की गएको फेडेक्सको एउटा कार्गो जहाज अवतरणका क्रममा दुर्घटनामा परेको छ । ल्याण्डिङ गियरले काम नगरेपछि इस्तानबुलस्थित विमानस्थलमा अगाडि भाग जोतिएर जहाज अवतरण भएको छ ।

बुधबार भएको सो घटनाबाट कोही पनि हताहत नभएको यूएसए टुडेको समाचारमा जनाइएको छ । बोइङ्ग ७६७ को सो जहाजको अगाडितर्फको ल्याण्डिङ गियरले काम नगरेको जनाइएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

टर्कीका यातायात र पूर्वाधार मन्त्री अब्दुल्कादिर उरालोग्लुले जनाएअनुसार जहाजका चालकले समस्याबारे कन्ट्रोल टावरलाई जानकारी दिएपछि विमानस्थलका  कर्मचारी स्ट्याण्डबाई बसेका थिए ।

उनका अनुसार घटनाका सम्बन्धमा अहिले अनुसन्धान सुरू गरेको छ । फेडेक्सले जारी गरेको वक्तव्यमा कोही पनि चालक दलका सदस्य घाइते नभएको जनाएको छ । यूएसटूडे
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख २७, २०८१  १५:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement