site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
निजी क्षेत्रको मनोबल बढाउने गरी बजेट ल्याउँछौँ : मन्त्री पुन
फाइल तस्बिर ।

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले जनतामा आशा जगाउने गरी आगामी आर्थिक बर्षको बजेट ल्याउने तयारी भइरहेको बताएका छन् । 

नेपाल आर्थिक पत्रकार समाज सेजनले बिहीबार काठमाडौंमा आयोजना गरेको प्रि–बजेट छलफलमा अर्थमन्त्री पुनले निजी क्षेत्रको मनोबल बढाउने र जनतामा पनि आशा जगाउने गरी बजेट ल्याउने तयारी भइरहेको बताए ।

Dabur Nepal
NIC Asia

बजेटलाई परिणाममुखी बनाउनका लागि प्राय सबै क्षेत्रसँग छलफल गरिरहेको उनले बताए । गत वर्षभन्दा मुलुकको अर्थतन्त्र केही राम्रो भएपछि थप राम्रो बनाउनका लागि आशावादी ढंगले नै बजेट निर्माण भइरहेको धारणा राखे ।

"निजी क्षेत्रको मनोबल घटेकोमा उठाउने कुरालाई प्राथमिकता दिने, सम्पत्ति र व्यवसायको सुरक्षालाई सरकारबाट विश्वास दिलाउन प्रतिवद्ध छौँ," उनले भने । सरकारको नीतिबाट बाहिर राष्ट्र बैंक नहुने भन्दै नीति तथा कार्यक्रम, बजेट र मौद्रिक नीतिमा एकरुपता ल्याउने बताए ।

विद्युतीय सवारी साधनमा कर बढाउन दबाब आइरहेको र ईभीका कारण ४० अर्ब गुमे पनि यसबारे अध्ययन गरेर देशका हितमा आवश्यक निर्णय गर्ने जानकारी दिए ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख २७, २०८१  १३:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro