site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बालमन्दिरको सरकारी जग्गा प्रकरणको अनुसन्धानमा सीआईबी, २० जनाविरुद्ध पक्राउ पुर्जी

काठमाडौं । नक्सालस्थित बालमन्दिरको सरकारी जग्गा प्रकरणमा मुछिएका २० जनाविरुद्ध पक्राउ पुर्जी जारी गरिएको छ । काठमाडौं जिल्ला अदालतले उक्त प्रकरणमा बिहीबार २० जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का एसपी होबिन्द्र बोगटीले जानकारी दिए ।

सीआईबीले उक्त प्रकरणको अनुसन्धान अगाडि बढाएको हो । ०२१ सालमा नक्सालस्थित ‘सीता भवन’ अधीग्रहण गरेर सरकारले नेपाल बाल संगठन अर्थात् बालमन्दिरका नाममा करिब १२० रोपनी जग्गा राखेको थियो । सोही जग्गा दुरुपयोग गरिएको खुलेको छ ।

बिहीबार बालमन्दिरका तर्फबाट जाहेरी दिइएसँगै प्रहरीले अनुसन्धान थालेको हो । सरकारी जग्गा केही निजी कम्पनीलाई अवैध तरिकाले सस्तो भाडामा दिइएको खुलेको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, वैशाख २७, २०८१  १२:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro