site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
सहकारीहरू मूल्य-मान्यता र सिद्धान्तविपरीत प्रतिस्पर्धामा लाग्दा समस्या निम्तियो : मन्त्री अधिकारी
Sarbottam CementSarbottam Cement

काठमाडौं । भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले सहकारी संस्थाहरुले ठूलो कारोबार गर्ने प्रतिस्पर्धा गर्दा समस्या सिर्जना भएको बताएका छन् । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघले आयोजना गरेको दोस्रो लेखा सुपरिवेक्षण समितिको राष्ट्रिय गोष्ठीमा प्रमुख अतिथिका रूपमा बोल्दै मन्त्री अधिकारीले सहकारीहरु आफ्नो मूल्य मान्यता र सिद्धान्त विपरित प्रतिस्पर्धामा लाग्दा समस्या सिर्जना भएको बताएका हुन् ।

"सहकारीहरु बैंकभन्दा ठूलो कारोबार गर्ने अभ्यासमा लागे, सहकारीको मूल्य मान्यताविपरित काम गर्न थाले, बचतकर्ताको बचतलाई दुरूपयोग गर्ने अधिकार कसैलाई पनि हुँदैन्," उनले भने, "सहकारीमा आवद्धहरुले नै समाधान गर्ने हो, सरकारले सल्लाह दिने हो, यो बाटो जाउ भन्ने हो । सरकारले समस्या समाधान गर्ने होइन ।"

Prabhu Bank
Agni Group
NIC Asia

सदस्यले पनि सबै कुराको जिम्मा सञ्चालकलाई दिन नहुने उनको धारणा छ । लेखा सुपरिवेक्षण समितिमा पनि खोट रहेको उनको भनाइ छ । अहिलेको समस्या समाधान गर्नका लागि अहिलेदेखि नै लाग्न आवश्यक रहेको उनले बताए ।

त्यस्तै, कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोकर्णमणी दुवाडीले अर्थतन्त्रको एउटा महत्वपूर्ण खम्बामा धमिरा लागेको बताए । सहकारी अभियान भूमरीमा परेको पनि उनको भनाइ छ ।

Global Ime bank

"सहकारीहरुले के कस्तो काम गरेका छन्, के कस्तो कमी कमजोरी गरेका छन्, आत्मसमीक्षा गनेए बेला भएको छ", उनले भने, "अर्थतन्त्रमा ठूलो योगदान पुर्‍याएको क्षेत्र अहिले आफैँ ठूलो समस्यामा छ । यसले अर्थतन्त्रमै ठूलो असर पुर्‍याउन सक्छ, यस विषयमा हामी सबै सजग बन्नुपर्छ ।"

सदस्यहरूले पनि आफ्नो भूमिका निर्वाह गर्नुपर्ने उनको भनाइ छ । सहकारी क्षेत्रमा लामो समयदेखि समस्या रहेको बताउँदै विगतका अभ्यासहरुबाट पाठ सिकेर पनि अगाडि बढ्नु पर्ने उनले बताए ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख २५, २०८१  १३:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement