site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
जसपा नेपालको केन्द्रीय समितिको बैठक बुधबार बस्ने तयारी 

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा), नेपालको केन्द्रीय कार्यकारिणी समिति बैठक बुधबार बस्ने तयारी भएको छ । अशोक राई नेतृत्वमा पार्टी विभाजन भएपछि अध्यक्ष उपेन्द्र यादवले केन्द्रीय सदस्यहरूसँग छलफल गर्न लागेका हुन् । 

पार्टी प्रवक्ता मनीष सुमनले काठमाडौंमा उपलब्ध केन्द्रीय सदस्यहरूको बैठक बस्ने तयारी भएको जानकारी दिए । “आज औपचारिक बैठक छैन । अनौपचारिक छलफल भइरहेको छ । भोलि काठमाडौंमा उपलब्ध केन्द्रीय सदस्यहरूको बैठक बस्ने तयारी भइरहेको छ,” उनले भने । 

अशोक राइको नेतृत्वमा जसपा, नेपाल विभाजन भई सोमबार जसपा दर्ता भएको छ । उपप्रधान तथा स्वास्थ्यमन्त्री समेत रहेका अध्यक्ष यादव अमेरिकामा रहेका बेला पार्टी विभाजन भएको थियो । पार्टी विभाजनपछिको परिस्थिति, सरकारको सहभागिताबारे उनी छलफलमा जुटेका छन् ।


 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख २५, २०८१  १३:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro