site stats
बाह्रखरी :: Baahrakhari
विदेश
अदालतको मानहानि गरिरहे जेल पठाउने ट्रम्पलाई न्यायाधीशको चेतावनी

न्यूयोर्क । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई फेरि पनि अदालतको आदेश पालना नगरे जेल पठाइने एक न्यायाधीशले चेतावनी दिएका छन् ।

२०१६ को राष्ट्रपतीय निर्वाचन अघि एक यौन अभिनेत्रीलाई घुस खुवाएर मामिला गुपचुप पारेको विषयलाई लिएर भइरहेको अदालती सुनुवाइका क्रममा अदालतका गतिविधि अनुचित भएको भन्दै सामाजिक सन्जालमा राखेको विषयलाई लिएर न्यायाधीशले सो चेतावनी दिएका हुन् ।

Argakhachi Cement Island Ad

न्यायाधीश जुवान मर्चानले सोमबार लिखित आदेश जारी गर्दै अदालतको मानहानी यसैगरी गरेमा उनलाई जेल पठाइने चेतावनी दिएका हुन् । उनले यसअघि नै अदालतको मानहानि गरेकोमा ९ हजार डलर जरिबाना तिर्नु परेको छ भने सोमबार समेत थप एक हजार जरिबाना सुनाइएको छ  ।

 न्यायाधीश मर्सानले आदेश सुनाउनु अघि भनेका थिए, "आजको दिनको अन्त्यमा मेरो एउटा काम गर्नुछ । त्यो काम हो न्यायिक प्रणालीको सम्मानको संंरक्षण ।" ट्रम्पसम्बन्धी ट्रायलका क्रममा आएको यो दोस्रो आदेश हो । ‘तपाईंले बुझ्नुपर्छ अब अन्तिम चरण भनेको तपाईंलाई जेल पठाउनु हो । मुद्दा तेस्रो हप्तादेखि चलिरहेको छ’ न्यायाधीशको भनाइ थियो ।

न्यायाधीशले भनेका थिए, "अदालती आदेशको उल्लंघन भनेको प्रत्यक्ष रूपमा कानुनी राज्यमाथि आक्रमण हो ।" ट्रम्पले भने सो अवसरमा ‘अपमानजनक’ भन्ने संक्षेपमा प्रतिक्रिया दिएका थिए ।  उनले अदालतबाट बाहिर निस्केर भनेका थिए, "हाम्रो संविधान जेलभन्दा धेरै महत्त्वपूर्ण हो । यो बन्द पनि भएको छैन । म कुनै दिन त्यसका लागि त्याग गर्नेछु ।"

ट्रम्पको यौन मामिलासम्बन्धी अदालती सुनुवाइ अहिले तेस्रो हप्तामा चलिरहेको छ । बीबीसी

प्रकाशित मिति: मंगलबार, वैशाख २५, २०८१  ०८:५७
प्रतिक्रिया दिनुहोस्