
काठमाडौं । एसपीजी अटोमोबाइल्सले ‘ओमोडा र जेइको डिलर्स फोरम २०२४’ बाट दुई अवार्ड प्राप्त गरेको छ ।
कम्पनीले फोरममा बहुप्रतिष्ठित ‘आउटस्ट्यान्डिङ सेल्स कन्ट्रिब्युसन’ र ‘ईभी पायोनियर अवार्ड’ प्राप्त गरेको हो । शारडा ग्रुपका निर्देशक गौरव शारडाले यो उपलब्धि नेपाली ग्राहकको साथ–सहयोगले सम्भव भएको बताएका छन् ।
उनले भनेका छन्, “हामीले ल्याउने अत्याधुनिक ईभीमा विश्वास गर्नुहुने सम्पूर्ण ग्राहकप्रति हामी आभारी छौँ । हामी हाम्रो दिगो भविष्यका लागि सकारात्मक परिवर्तन ल्याउन अघि बढ्दैछौँ ।”
एसपीजी अटोमोबाइल्सले गत फेब्रुअरी नेपाली सडक र जीवनशैलीका लागि उपयुक्त दाबी गरेको ओमोडा ई५ विद्युतीय गाडी गत फेब्रुअरीमा सार्वजनिक गरेको थियो ।
कम्पनीले देशभर छोटो अवधिमा नै १५१ भन्दा बढी गाडी हस्तान्तरण गरिसकेको बताएको छ ।