site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
उपेन्द्र यादवसँगै रहेको राज्यमन्त्री कार्कीको प्रस्टीकरण 

काठमाडौं । वन तथा वातावरण राज्यमन्त्री दीपक कार्कीले आफू जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवसँगै रहेको जानकारी गराएका छन् ।

उनी अशोक राईको नेतृत्वमा आइतबार विभाजित भएको प्रस्तावित नयाँ पार्टीमा गएको चर्चा थियो । उक्त चर्चाबीच जसपाका सांसद समेत रहेका कार्कीले प्रष्टीकरण दिएका हुन् ।

“उहाँ जनता समाजवादी पार्टी, नेपालको संस्थापन पक्षमा यथावत् रहिरहनुभएको र अन्यत्र भनेझैँ कुनै गुट वा दलसँग आबद्धता नरहेको जानकारीका लागि अनुरोध छ,” उनका प्रमुख स्वकीयसचिव रामनारायण कापडिले सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

राईका पक्षमा प्रतिनिधिसभाका १२ मध्ये सात सांसद खुलेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख २४, २०८१  १२:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro