राजनीति
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले संसदीय दलको बैठक आह्वान गरेका छन् । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको शंकर हलमा आज दिउँसो १ बजे बस्ने गरी बैठक बोलाइएको हो ।
यही वैशाख २८ गतेदेखि सुरु हुने संसद्को बजेट अधिवेशनबारे बैठकमा छलफल गरिने एकीकृत समाजवादीका उपनेता राजेन्द्र पाण्डेले बताए ।
“बजेट अधिवेशनबारे छलफल गर्न लागेका हौँ,” उनले बाह्रखरीसित भने, “समसामयिक विषयमा पनि छलफल होला ।”
प्रकाशित मिति: सोमबार, वैशाख २४, २०८१ ११:५३
प्रतिक्रिया दिनुहोस्