site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
सरकारले माग्यो युवा उद्यमको प्रस्तावः बिना धितो ऋण दिने 
Sarbottam CementSarbottam Cement

काठमाडौं । सरकारले युवा उद्यम कार्यक्रमको लागि प्रस्ताव मागेको छ । स्वदेशमै स्वरोजगार तथा उद्यमशीलताको विकास गर्ने उद्देश्यअनुसार युवा तथा खेलुकुद मन्त्रालय राष्ट्रिय युवा परिषदले केहि दिनअघि मात्रै मुलुकभरबाट उद्यम खोल्न इच्छुक युवा समूह÷संस्थाहरुसँग प्रस्ताव माग गरेको छ । 

परिषदका प्रशासकीय प्रमुख मुक्तिसिंह ठकुरीले चालु आर्थिक वर्षको लागि १६५ वटै निर्वाचन क्षेत्रबाट उद्यम खोल्नका लागि निवेदनसहित प्रस्ताव माग गरेको बताए ।
ती क्षेत्रमा गएको वर्षझैँ एक÷एक वटा उद्यम खोल्न ऋण उपलब्ध गराउने उनको भनाइ छ । 

“आएको प्रस्तावलाई छनौट गरी उक्त १६५ निर्वाचन क्षेत्रका एक÷एक वटा उद्योगलाई बिना ब्याज, बिना धितो प्रत्येक उद्यमको लागि ५ लाख रुपैयाँको दरले रकम उपलब्ध गराउनेछौं,” उनले भने “जसका लागि सरकारले केहि निश्चित शर्तहरु राखेको छ ।” 

Prabhu Bank
Agni Group
NIC Asia

शर्तहरु

उनका अनुसार उद्योग खोल्नका लागि जम्मा ५ देखि १० जनासम्मका युवा उद्यमीहरुको समूह तथा संस्था हुनुपर्नेछ । त्यसमा ५० प्रतिशत महिला अनिवार्य रहनुपर्ने हुन्छ । उक्त समूहका उद्यमीहरु १६ देखि ४० वर्षसम्म उमेरका हुनुपर्ने तथा आधारभूत तह (कक्षा–८) उत्तीर्ण गरेको हुनुपर्नेछ । परिषदले वित्तिय संस्थाहरुमार्फत रकम उपलब्ध गराउनेछ । त्यस्तै उद्योगीलाई उद्यमप्रति अपनत्व जगाउने उद्देश्यले आफ्नै उद्यमको खातामा रू. १ लाख जम्मा गर्न पर्ने र सोको भौचर पेश गर्नुपर्ने भनिएको छ । 

Global Ime bank

छनौट प्रक्रिया

परिषद स्थापना भएको दुई वर्ष भएको छ । गएको वर्ष २४० निर्वाचन क्षेत्रमा युवा उद्यम कार्यक्रमको लागि १२ करोड रुपैयाँ लगानी गरिएको जनाइएको छ । अहिले निर्वाचन क्षेत्र घटेसँगै लागानी गरिने रकम समेत घटेको छ । परिषदका प्रशासकीय प्रमुख ठकुरीले यस वर्षका लागि ८ करोड ९१ लाख रुपेयाँ बजेट उक्त कार्यक्रमको लागि छुट्टिएको बताए । “मुलुकभर ७५ ओटै जिल्लामा युवा समितिको कार्यालय रहेको छ । त्यहाँबाट उद्यमीहरुले निवेदन तथा प्रस्ताव पेश गर्न सक्नेछन्,” उनले भने “उक्त कार्यालयमा घरेलु उद्योग, महिला उद्योग लगायतसँग सम्बन्धीत प्राविधिक समिति रहेको छन् । ती समितिले आएको प्रस्तावमध्येबाट तीनवटालाई सिफारिस गरी केन्द्रमा पठाउनेछ ।” 

ती प्रस्तावलाई सम्बन्धित मन्त्रालय संघ संस्था तथा सरोकारवाला निकायहरु रहेको विशेषज्ञहरुको सिफारिस समिति र राष्ट्रिय कार्यकारी समितिमा पेश गरिन्छ । त्यहाँबाट ती तीनमध्येबाट पनि एक उद्यमको प्रस्तावलाई छनौट गरी ऋण उपलब्ध गराइने उनको भनाइ छ । साथै छनौट भएका उद्यमका उद्यमीहरुलाई सरकारले तालिम दिने व्यवस्था समेत गरेको बताइएको छ । 

सूचना सार्वजनिक भएकोे ३५ दिन भित्र प्रस्ताव पेश गर्ने म्याद रहेको भन्दै माघभित्रमा पहिलो किस्ता र वैशाखभित्रमा सम्पूर्ण रकम उद्यमलाई उपलब्ध गराउने परिषदले बताएको छ । 

परिषदका अनुसार कृषि तथा पशुपन्छी, वन तथा जडिबुटी, सूचना प्रविधि तथा सञ्चार, पर्यटन, निर्माण, कला संस्किृति लगायत स्थानिय स्रोत साधन परिचालन गरी संञ्चलन गर्न सकिने उघमको लागि प्रस्ताव पेश गर्न पर्नेछ । ऋण प्रदान गरिएको उद्यमले किस्ता अन्तर्गत दोस्रो वर्षदेखि ऋिण बुझाउदै जानुपर्ने हुन्छ । जसअनुसार दोस्रो वर्ष १० प्रतिशत, तेस्रो वर्ष २०, चौथो वर्ष ३० र पाँचौ वर्ष ४० प्रतिशत गरी सम्पूर्ण ऋिण चुक्ता गर्नुपर्नेछ । सो संकलित रकमलाई परिषदले घुम्ती कोषमा जम्मा गरी फेरी युवाहरुकै लागि लगानी गर्ने परिषदका प्रसासकीय प्रमुख ठकुरीको भनाइ छ । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर १३, २०७४  १७:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय