बाह्रखरी फोटो
काठमाडौं । अन्तर्राष्ट्रिय श्रमिक दिवस विश्वभर विभिन्न कार्यक्रमको आयोजना गरेर मनाइएको छ । नेपालमा पनि आज विभिन्न संघसंस्थाहरूले कार्यक्रम आयोजना गरी दिवस मनाएको छ । दिवसको अवसरमा संयुक्त ट्रेड युनियनले र्यालीसहित काठमाडौंको भृकुटीमण्डपमा कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत विभिन्न पार्टीका शीर्ष नेताहरू उपस्थित थिए ।
नेपाल सरकारले श्रमिक दिवस मनाउन सार्वजनिक बिदा दिएको छ । दैनिक जीवनयापन गरेर गुजारा चलाउने केही मजदुरहरू भने आफ्नै काममा व्यस्त भएका थिए । ती मजदुरलाई भने दिवसले छुन सकेन ।
तस्बिरहरू हेर्नोस्
प्रकाशित मिति: बुधबार, वैशाख १९, २०८१ १६:५८
प्रतिक्रिया दिनुहोस्