site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
जनताका भरिया हौँ भन्ने कुरा नेताले नबुझ्दा जनताले दुख पाए : धनराज गुरुङ 

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले श्रमिक निर्यात नभएर श्रम सिर्जना गर्नुपर्ने बताएका छन् । १३५औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा संयुक्त ट्रेड युनियन महासंघद्वारा आज भृकुटीमण्डपमा आयोजित कार्यक्रममा श्रम सिर्जनाका लागि सरकारले उचित कदम चाल्नुपर्ने बताए । 

गुरुङले सिंहदरबार श्रमिकको पसिनाले चलाउँछ भन्ने कुरामा ध्यान दिइनुपर्ने बताए । “श्रमिकको पसिनाबिना सिंहदरबार चल्दैन । अरु सात सिंहदारबार बनाएका छौँ । तिनी पनि चल्दैन । ७५३ उपसिंहदरबार बनाएका छौँ । त्यो पनि चल्दैन,” गुरुङले भने, “मजदुर र श्रमिकको पसिनाबिना कुनै सिंहदरबार चल्दैनन् भन्ने कुरा ख्याल गरेर अघि बढ्नुपर्छ ।” 

उनले सिंहदरबार छिरेपछि मालिक भन्ने ठान्नु गलत भएको बताए । नेताले जनताको भरिया हौँ भन्ने नठान्दा जनताले दुख पाएको बताए । “सिंहदरबार छिरेपछि मालिक होकी जस्तो भइहाल्छौँ । यो गलत छ । प्रधानमन्त्री, मन्त्री, सांसद, सचिव जे–जे भए पनि देश जनताका श्रमिक हौँ, जनताका भरिया हौँ भन्ने कुरा नेताले नबुझद पनि जनताले दुख पाएका छन्,” गुरुङले भने ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख १९, २०८१  १५:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro