site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
बम राखिएको इमेल आएपछि दिल्ली र नोयडाका विद्यालय बन्द

नोयडा । भारतको नयाँ दिल्ली र नोयडाका विद्यालय परिसरमा बम राखिएको इमेल आएपछि सो क्षेत्रका विद्यालय बुधबार बन्द गरिएको छ । विद्यार्थी विद्यालय पुगिसकेपछि हल्ला फैलिएपछि विद्यार्थीलाई घर पठाइएको थियो । 

प्रहरीले दुवै क्षेत्रका विद्यालयमा गएर जाँच गरेको थियो । नयाँ दिल्लीका डीसीपी देवेशकुमार माहलाले प्रहरीले विद्यालयको जाँच गरेको र केही पनि नपाइएको जनाए । 

Dabur Nepal
NIC Asia

उनले विद्यालयमा त्यस्तो चिन्ताजनक अवस्था नपाइएको उल्लेख गरेका छन् । दिल्ली सरकारका मन्त्री अतिशीले सामाजिक सञ्जाल एक्समा भनेकी छन्, “आज बिहान केही विद्यालयलाई बमले उडाइदिने धम्की आएको छ । विद्यालय खाली गरिएको छ र दिल्ली प्रहरी विद्यालय परिसरमा तलासी लिइरहेको छ । अहिलेसम्म विद्यालयमा केही पनि भेटिएको छैन ।”

नोयडाका डीआईजी शिवहरि मीनाले डीपीएस नोयडामा बमसम्बन्धी इमेल आएको र विद्यालयहरूबाट विद्यार्थीलाई घर पठाइएको जनाउँदै जाँचका क्रममा अहिलेसम्म केही नमिलेको जनाएका छन् । 

चाणक्यपुरीको संस्कृति विद्यालय, मयुर विहारको मदर मेरी विद्यालय, द्वारकाको दिल्ली पब्लिक विद्यालयलगायतमा बुधबार बिहान इमेल आएको चर्चा भएको थियो । त्यसपछि दिल्ली र नोयडाका कैयौँ विद्यालयमा त्यसप्रकारको इमेल आएको जनाइएको छ । बीबीसी

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख १९, २०८१  १२:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro