site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
लगानी सम्मेलनले नेपालमा लगानीयोग्य वातावरण बनेको सन्देश दियो : अध्यक्ष ढकाल 
फाइल तस्बिर

काठमाडौं । नेपाल उद्योग तथा वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले लगानी सम्मेलनले नेपालमा लगानीयोग्य वातावरण छ भन्ने सन्देश दिएको बताएका छन् । 

बुधबार नेपाल जग्गा तथा आवास विकास संघको १७औँ वार्षिक साधारणसभामा बोल्दै यस्तो बताएका हुन । “लगानी सम्मेलन सम्पन्न भएको छ । त्यसबाट कति लगानी कति आयो त्यो फरक विषय हो । तर, यसले नेपालमा लगानीयोग्य वातावरण छ भन्ने सन्देश दिएको छ,” उनले भने ।

Dabur Nepal
NIC Asia

आफूले नेतृत्व सम्हालेदेखि नै निजी क्षेत्रमा देखिएको समस्या समाधान गर्न लागेको दाबी गरेका छन् । मागअनुसार काम नभए पनि निजी क्षेत्र बिना अघि बढ्न नसकिने सरकार धारणा निर्माण भएको ढकालको भनाइ छ । 

बजारको मनोबल नबढ्दा र उत्साह नदेखिँदा अर्थतन्त्र चलायमान हुन नसकेको उनले बताए । अर्थतन्त्रलाई चलायमान बनाउन र बजार मनोबल बढाउन निजी क्षेत्रलाई इन्करेज गर्नुपर्ने उनको भनाइ छ । निरन्तर वकालत गर्दै गएमा त्यसले सकारात्मक परिणाम दिने बताउँदै अध्यक्ष ढकालले सरकार पनि यस विषयमा सकारात्मक रहेको जानकारी दिए । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख १९, २०८१  १२:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro