site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
गैरकानुनी बाटोबाट रोजगारीमा नजान दूतावासको आग्रह
Dabur Nepal
NIC Asia

काठमाडौं । इस्लामावादस्थित नेपाली राजदूतावासले गैरकानुनी बाटोबाट रोजगारीमा नजान आग्रह गरेको छ । किर्गीस्तानमा आकर्षक रोजगारीको प्रलोभन देखाएर केही समययता धेरै नेपाली ठगिएका तथा त्यहाँ पुगेकाहरू अलपत्र परेका जनाउँदै वैदेशिक रोजगारीका निम्ति कानुनी बाटोमात्र प्रयोग गर्न सम्बद्ध सबैमा दूतावासले आग्रह गरेको छ ।

दूतावासले ठगीमा परेकामध्ये केहीलाई किर्गीस्तानको बाटो प्रयोग गरी अन्य मुलुकमा पठाउने आश्वासन दिइएको जानकारी प्राप्त भएको बताएको छ । दूतावासले अलपत्र परेकामध्ये केहीलाई उद्धार गरी नेपाल फर्काइएको, केही फर्कने क्रममा रहेका तर त्यहाँ नेपाली पुग्ने क्रम नरोकिएकामा चिन्ता व्यक्त गरेको छ ।

“नेपालीलाई आकर्षक रोजगारीको प्रलोभन देखाई ठगी गर्ने र अलपत्र पार्ने काममा संलग्नहरूमा केही नेपाली र केही विदेशी समेत रहेका जानकारी प्राप्त भएको छ । यसरी गलत प्रलोभनमा नेपाली नागरिकलाई विदेश पुर्याएर अलपत्र पार्ने  गैरकानुनी काममा संलग्न हुने व्यक्ति/समूहले प्रचलित कानुनको सामना गर्नुपर्ने हुन्छ,” दूतावासले मंगलबार जारी गरेको सूचनामा भनिएको छ, “ठगी गर्ने गिरोहको प्रलोभनमा नफस्न र वैदेशिक रोजगारीमा जानका लागि नेपाल सरकारले व्यवस्था गरेको स्थापित र कानुनी बाटोमात्र प्रयोग गर्नुहुन सम्बन्धित सबैमा अनुरोध छ ।” रासस

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख १९, २०८१  ०७:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro