site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
चिकित्सकमाथि हातपात र अस्पताल तोडफोड गर्नेलाई कारबाही गर्न माग 
प्रतीकात्मक तस्बिर

काठमाडौं । चिकित्सक संघहरूले सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजको शिक्षण अस्पतालमा सोमबार भएको घटनाका दोषीलाई कारबाही गर्न माग गरेका छन् ।

नेपाल चिकित्सक संघ र प्राथमिक चिकित्सक तथा आकस्मिक चिकित्सा संघ नेपालले छुट्टाछुट्टै मंगलबार विज्ञप्ति जारी गरेर घटनामा संलग्नलाई छानबिन गरी कारबाही गर्न माग गरेका हुन् ।

ड्युटीमा रहेका चिकित्सकमाथि हातपात हुनुले देशको शान्ति सुरक्षामाथि नै प्रश्न उठाएको भन्दै उनीहरूले घटनाको भर्त्सना गरेका छन् । 

Dabur Nepal
NIC Asia

घटनाबारे तत्काल छानबिन गरी स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन २०६६, पहिलो संशोधनअनुसार कारबाही हुनुपर्ने चिकित्सक संघको माग छ ।

अस्पतालमा उपचारका निम्ति ल्याइएका ६२ वर्षीय एक पुरुषको उपचारका क्रममा मृत्यु भएपछि आफन्तले ड्यूटीमा रहेका दुई चिकित्सकमाथि आक्रमण तथा अस्पतालमा तोडफोड गरेका थिए ।

आक्रमणका क्रममा इमर्जेन्सीमा कार्यरत चिकित्सकहरू डा. विनिता प्रधान र प्रजा साह सामान्य घाइते भएका थिए ।

मृतकका आफन्तले उपचारका क्रममा अस्पतालका तर्फबाट लापरबाही भएको आरोप लगाउँदै इमर्जेन्सी काउन्टरमा तोडफोड गरेका थिए । घटनापछि सोमबार राति अबेरसम्म वार्ताको प्रयास भए पनि सहमति नभएको अस्पताल प्रशासनले जनाएको छ ।

doctor-1-1714469092.jpg
 

doctor-2-1714469076.jpg
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख १८, २०८१  १५:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro