site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ट्रेड युनियनले गरायो श्रम ऐन कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण 
Tiktok banner adTiktok banner ad

काठमाडौं । संयुक्त ट्रेड युनियन समन्वय केन्द्रले श्रमसम्बन्धी ऐन नियमहरू समयसापेक्ष सुधार र संशोधन गरी प्रभावकारी कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराएको छ । 

अन्तर्राष्ट्रिय श्रमिक दिवसको पूर्वसन्ध्यामा मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै केन्द्रले श्रमिकहरूको हक अधिकार स्थाीपत गर्नका लागि आवश्यक ऐन कानुनहरूलाई समयसापेक्ष परिमार्जन गर्न सरकारको ध्यानाकर्षण गराएको हो ।

सार्वजनिक क्षेत्रमा कार्यरत करारका कामदार तथा श्रमिकहरूलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराउन आगामी बजेटमा आवश्यक बजेट विनियोजित गरी तत्काल कार्यान्वयनमा ल्याउनुपर्ने संयुक्त ट्रेड युनियन समन्वय केन्द्रका अध्यक्ष योगेन्द्रकुमार कुँवरले माग गरे । 

उनले बुधबार सवै दलनिकट ट्रेड युनियनहरुले एकैस्थानमा श्रमिक दिवस मनाउने जानकारी दिए ।  
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख १८, २०८१  १३:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro