site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ओलीसँगको 'चर्काकर्की'बारे के भन्छन् धनराज गुरुङ ?

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा बिहीबार मुठभेडको अवस्था सिर्जना भयो । सभामुख देवराज घिमिरेले प्रतिपक्ष दलहरूले नाराबाजी गरिरहँदा सदन अघि बढाएपछि नेपाली कांग्रेस र नेकपा (एमाले)का सांसदहरूबीच धकेलाधकेल भएको हो ।

सभामुखबाट बैठकको कामकारबाही सुरु भएको घोषणा हुनबित्तिकै सहकारीको बचत अपचलनबारे संसदीय छानबिन समिति माग राख्दै आएको कांग्रेसले वेल घेराउ गरेर नाराबाजी थालेको थियो । सभामुख देवराज घिमिरेले उनीहरूलाई बस्न आग्रह गरे । तर, नाराबाजी रोकिएन ।

नाराबाजीकै बीच सभामुख कार्यसूची अघि बढाउन थाले । त्यसपछि प्रतिपक्षमा रहेका अन्य दलहरू राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), जनमत पार्टी पनि उभिएर विरोधमा उत्रिए ।

त्यसका बाबजुद सभामुखले गृहमन्त्री रवि लामिछानेलाई बोल्नका लागि समय दिए । तर, कांग्रेसले वेल घेरेकाले गृहमन्त्री अगाडि जान पाएनन् । लगत्तै एमाले र माओवादीका सांसदहरू उठेर प्रतिवादमा उत्रिए ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस उपसभापति धनराज गुरुङबीच 'चर्काचर्की' नै पर्‍यो । जसलाई सत्तापक्षले 'अमर्यादित' कदम भनेर टिप्पणी गरेको छ ।

सत्ता पक्षका सांसदहरूले ओलीमाथि कांग्रेसका सांसदहरूले अभद्र व्यवहार गरेको र सत्तापक्ष बस्ने ठाउँमा आएर मर्यादाविपरीतका गतिविधि गरेको बताएका छन् ।

तर, कांग्रेसले सभामुखकै कारण संसद्‌मा मुठभेडको अवस्था आएको बताएको छ ।

ओलीसँगको 'चर्काकर्की'बारे के भन्छन् गुरुङ ?

आफूहरूले विरोध गर्दागर्दै एमालेको डिजाइनमा सभामुखले आजको 'जटिल स्थिति' सिर्जना गरेको गुरुङ बताउँछन् ।

“प्रतिपक्षले वेल घेराउ गर्दा पाँच घण्टा उभ्याउन पाइएला । तर, सदन चलाउन पाइँदैन,” उनले भने । 

बाह्रखरीसँग कुरा गर्दै उनले भने, “जबरजस्ती सदन चलाउन पाइँदैन भनेर नारा लगाउँदै थियौँ । तर, उहाँ (ओली)ले उभिएर विरोध गर्न पाइँदैन, यहाँबाट हट्नुस् भन्नुभयो ।”

आफूले ओलीसँग प्रतिवाद नगरेको उनको जिकिर छ । ओलीले आफूलाई उता जान भनेपछि आफूले चर्को स्वरमा नारा लगाएको उनले बताए ।

“मैले एकोहोरो नारा लगाइरहेको थिएँ । उहाँले उर्दी दिन खोजेपछि चर्को स्वरमा नारा लगाएको हुँ । उहाँ उभिएर परिस्थिति बिर्गानुभएको हो ।”

ओलीले आफ्नो अधिकार कुण्ठित गर्न नपाउने उनको भनाइ छ । “तपाईं उता जानुस्, विरोध गर्न पाइन्नँ भनेर उहाँलाई भन्ने अधिकार छैन । म बीचमा उभिएर नारा लगाउँदै थिएँ । उहाँले मेरो अधिकार कुण्ठित गर्न पाउनुहुन्न,” उनले भने ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, जेठ ३, २०८१  २१:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro