site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
परराष्ट्रको महत्त्वाकांक्षी अभियान ‘ब्रेन गेन सेन्टर’ अलपत्र
Siddhartha BankSiddhartha Bank

काठमाडौं । परराष्ट्र मन्त्रालयको महत्त्वाकांक्षी अभियान ‘ब्रेन गेन सेन्टर’ (बीजीसी) अलपत्र परेको छ । अवस्था यस्तो छ कि अभियानको वेबसाइट ‘डब्लुडब्ल्ुडब्लु डट एमओएफए डट जीओभी÷बीजीसी’ क्र्यास भएको महिनौ भइसक्यो, यसतर्फ कसैको ध्यानै गएको छैन । 

“ब्रने गेन सेन्टर अस्तित्वमा त छ तर क्रियाशील धेरै छैन,” परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृत राईले बाह्रखरीसँग भने, “धेरै उपयोग गर्न सकेका छैनौं ।” 

विदेशीएका नेपालीलाई नेपालको विकाससँग जोड्ने उद्देश्यले २०७६ जेठ १७ गत ब्रेन गेन सेन्टर अभियान सुरु गरिएको थियो ।  सेन्टर सञ्चालनमा आउनु अगावै २०७६ वैशाख २४ गते तत्कालीन परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवालीले विदेशमा रहेका नेपालीलाई यसमा आवद्ध हुन आग्रह गरेका थिए । 

Agni Group
NIC Asia

उनले डब्लुडब्ल्ुडब्लु डट एमओएफए डट जीओभी÷बीजीसी वेबसाइटमा गइ आफ्नो नाम दर्ता गर्न पनि भनेका थिए । 

उनले त्यतिबेला विदेशमा रहेका नेपालीलाई सम्बोधन गर्दै दिएको सन्देशमा भनिएको थियो, “यो महत्वपूर्ण मञ्चमार्फत यहाँले आफ्नो ज्ञान, सीप र अनुभवलाई स्वदेशको हितमा सदुपयोग गर्नका लागि आवश्यक सहकार्य गर्नुहुनेछ भन्ने आशासहित यस वेबसाइटमा आफ्नो बारेमा जानकारी उपलब्ध गराइदिनुहुन हार्दिक अनुरोध गर्दछु ।” 

Global Ime bank

विश्वका विभिन्न स्थानमा रहेका नेपालीमा के–कस्ता क्षेत्रमा उच्च स्तरका सीप÷क्षमता छन्, उनीहरूले नेपालमा के कस्तो योगदान दिइरहेका छन्, उनीहरूको योगदानलाई थप संस्थागत र प्रभावकारी बनाउन के कस्ता उपायहरु अवलम्बन गर्न सकिन्छ भन्ने कुराहरुको यकिन गर्दै मुलुकलाई आवश्यक जनशक्तिको पहिचान गरी उपयुक्त क्षेत्रमा परिचालन गर्ने उद्देश्यले परराष्ट्रले ब्रेन गेन सेन्टर नामक अभियान सुरु गरेको थियो ।

ज्ञानको बजारमा भएको द्रुत विश्वव्यापीकरण, पछिल्ला दशकमा बढ्दो ज्ञानको पलायन र मुलुकमा आवश्यक मानव पूँजीको अभाव महसुस गरी ब्रेन गेन सेन्टर अभियानलाई अघि बढाइएको थियो । 

तत्कालीन परराष्ट्रमन्त्री ज्ञवालीले २०७६ जेठ १७ गते ब्रेन गेन सेन्टरको शुभारम्भ गर्दा यसमा ४५० जनाभन्दा बढी डायस्पोरा नेपाली आवद्ध भइसकेका थिए । अहिले यसमा एक हजार ३३ जना डायस्पोरा नेपालीले आफ्नो नाम दर्ता गरेका छन् । 

“ब्रेन गेन सेन्टरको मुख्य उद्देश्य विदेशमा रहेका दक्ष नेपालीलाई नेपालमा उपयोग गरौं भन्ने हो । जति हुनुपर्थ्यो त्यो भएन,” प्रवक्ता राईले भने ।  ब्रेन गेन अभियान नेपाल सरकारका सम्बन्धित निकायका साथै गैरआवासीय नेपाली संघ लगायत विभिन्न नेपाली डायस्पोरा समुदायसँगको सहकार्यमा कार्यान्वयन गर्ने योजना बनाइएको थियो । 

तर अहिले यो योजना अलपत्र परेको छ । विदेशमा रहेका दक्ष नेपालीले आफ्नो नाम दर्ता गर्ने साइट नै क्र्यास भएको महिनौँ भएको छ ।  नाम दर्ता गरेका एक जना नेपालीको दक्षता पनि यहाँ उपयोग गरिएको छैन । साइट क्र्यास हुँदा नयाँले आफ्नो नाम दर्ता गर्न पाएका छैनन् र दर्ता भएका नाम परराष्ट्रले हेर्न पाएको छैन । 

यो अभियान सुरू भएको केही महिनापछि नै कोभिड–१९ महामारीका कारण यसमा असर परेको भन्ने भनाई परराष्ट्रको छ ।  कोभिडका कारण सरकारले २०७६ चैत ११ गतेबाट लकडाउन सुरु गरेको थियो । विश्वका अधिकांश देश उक्त समयमा लकडाउनमा थिए । 

लकडाउन भइरहेको समयमा २०७७ असोज १ गतेसम्म ब्रेन गेन सेन्टरमा नाम दर्ता गर्ने डायस्पोरा नेपालीको संख्या ९३२ पुगेको थियो ।  दर्ता भएकाहरू कृषि तथा पशुपालन, शिक्षा, स्वास्थ्य, पूर्वाधार, पर्यटन, श्रम, कानून, वातावरण संरक्षण, सहरी विकास, खानेपानी, उर्जा लगायत विविध क्षेत्रका विज्ञहरु थिए । 

केही महिनापछि लकडाउन खुल्यो तर ब्रेन ग्रेन सेन्टर अभियान सुस्तायो । लकडाउन भएको समयमा ठूलो संख्याले आफ्नो नाम दर्ता गरेका थिए ।  लकडाउन खुलेपछि नाम दर्ता गर्ने कार्य लगभग ठप्प जस्तै भएको छ । 
अझ दर्ता गर्ने वेबसाइट नै क्र्यास भएपछि दर्ता हुन चाहनेले पनि पाएका छैनन् । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ ३, २०८१  ११:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
SubisuSubisu