site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सन्दीपलाई विश्वकपका निम्ति लैजान क्यानले सुरु गर्‍यो प्रक्रिया
फाइल तस्बिर ।

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले स्पिनर सन्दीप लामिछानेलाई विश्वकपका निम्ति लैजना तयारी थालेको छ । हाल वेस्ट इन्डिजमा रहेको नेपाली टिममा सम्मिलित गर्न तयारी सुरु गरेको हो । 

डेर्ढ वर्षभन्दा लामो समय बलात्कार अभियोगको मुद्दा खेपेका सन्दीपलाई बुधबार उच्च अदालत पाटनले सफाइ दिएको हो । सन्दीपले सफाइ पाएपछि बुधबार नै निलम्बन फुकुवा गरेको क्यानले अहिले भने अमेरिका र वेस्ट इन्डिजमा हुने विश्वकपका निम्ति त्यहाँ लैजाने प्रक्रिया सुरु गरेको हो । 

“सन्दीपलाई लैजाने प्रक्रिया सुरु गरिसकेका छौँ । टिममा सन्दीपले कसको स्थान लिनेछन् भन्नेबारे भने छनोट कमिटी र प्रशिक्षकले निर्धारण गर्नेछन् । आईसीसीबाट अनुमतिपछि सन्दीपलाई पठाउने छौँ,” क्यान अध्यक्ष चतुरबहादुर चन्दले बाह्रखरीसँग भने । 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, जेठ ३, २०८१  १२:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro