site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
'लगानीको उपयुक्त गन्तव्य' भन्ने सन्देशसहित सकियो तेस्रो लगानी सम्मेलन
Sarbottam CementSarbottam Cement

काठमाडौं । सरकारले आयोजना गरेको तेस्रो लगानी सम्मेलन विदेशी लगानी आह्वान गर्दै सकिएको छ । आइतबारबाट काठमाडौंमा आयोजना भएको तेस्रो लगानी सम्मेलन सोमबार सकिएको हो । सम्मेलनको समापन पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गरे ।

समापन कार्यक्रममा बोल्दै ओलीले नेपाल विदेशीहरूका लागि लगानीको उपयुक्त गन्तव्य भएको बताए । पहिलो र दोस्रो लगानी सम्मेलनजस्तै तेस्रो लगानी सम्मेलन पनि सफलतापूर्वक समापन भएको ओलीले बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) तथा तेस्रो लगानी सम्मेलनको सदस्य सचिव सुशिल भट्टले विदेशी लगानीकर्ताहरू नेपालमा लगानीका लागि तयार भएको बताए । तर, कुन परियोजनामा कति कसले लगानी गर्न चाहेको भन्ने विषय खुलाएनन् ।

दुई दिनसम्म चलेको सम्मेलनमा १२ वटा सेसनमा छलफल भएको सीईओ भट्टले जानकारी दिए ।

Global Ime bank

सम्मेलनमा २५ सयभन्दा बढी सहभागी भएकोमा ८०० जना अन्तर्राष्ट्रिय लगानीकर्ता रहेको पनि उनले जानकारी दिए । ती लगानीकर्ताले ऊर्जा, आईसीटी, पर्यटन र पूर्वाधारमा लगानी गर्ने इच्छा देखाएको सीईओ भट्टले बताए ।

लगानी बोर्डले ५४ वटा परियोजना लगानीका लागि प्रस्तुत गरेको थियो । त्यसमा १९ वटा परियोजनाको ईओई डकुमेन्ट तयार गरिएको पनि बताए ।

सम्मेलनमा सहभागी लगानीकर्ताले नेपालमा लगानी भित्र्याउन सकारात्मक भएको जानकारी दिएका पनि उनले बताए ।

त्यस्तै, अर्थमन्त्री वर्षमान पुनले पनि नेपाल लगानीका लागि उपयुक्त गन्तव्य बन्दै गएको बताए ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख १७, २०८१  २१:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय