site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
विराटनगरमा विद्युतीय गाडी उत्पादन गर्न चिनियाँ कम्पनीसँग सम्झौता
Sarbottam CementSarbottam Cement

विराटनगर । विराटनगरमा चारपांग्रे विद्युतीय सवारी साधन उत्पादन गर्न नेपाली र चिनियाँ कम्पनीबीत सम्झौता भएको छ । अहिले नेपालमा विद्युतीय गाडीको आकर्षण बढ्दो छ । 

एक वर्षभित्र सबै किसिमका सवारी साधन उत्पादन गर्ने उद्देश्यका साथ सोमबार नेपालको कोसी एनके मोटर्स प्रा.लि. र चीनको स्यामन गोल्डेन ड्रागन अटोबडी कम्पनी लिमिटेडबीच सम्झौता भएको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

फुजियन प्रान्तमा रहेको उक्त अटोबडी कम्पनीसँग सम्झौता भएपछि अब उद्योगले एक वर्षभित्र उत्पादन थाल्ने कोसी एनके मोटर्सका अध्यक्ष टीकाराम पुरीले बताए । स्यामनका तर्फबाट प्रबन्ध निर्देशक (एमडी) सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

कार्यक्रममा कोसी एनकेका म्यानेजिङ डायरेक्टर टीआर ढकालले यो सम्झौता विद्युतीय गाडी उत्पादनका लागि कोसेढुंगा हुने बताए ।

Global Ime bank

सम्झौता भएसँगै अब नेपालमै चाइनिज र कोरियन प्रविधिमा आधारित चारपांग्रे विद्युतीय गाडी उत्पादन हुनेछन् । मोरङको बुढीगंगामा १५ विघा क्षेत्रफलमा सञ्चालनको तयारी गरिएको कम्पनीमा सुरुवाती चरणमा तीन अर्ब रुपैयाँको लागत रहने अध्यक्ष पुरीले जानकारी दिए ।

“नेपाली परिवेश र आवश्यकता अनुसार हरेक महिना ७५० गाडी उत्पादन गर्ने लक्ष्य छ,” उनले भने, “सबै किसिमका गाडी उत्पादन गर्ने लक्ष्यका साथ काम अघि बढ्नेछ ।” 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख १७, २०८१  १८:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय