राजनीति
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले संसदीय समिति बनाउने तयारी भएको बताएका छन् । मन्त्रिपरिषद्को आजको बैठकमा प्रधानमन्त्री प्रचण्डले कांग्रेस लचक भएको भन्दै सरकारले पनि संसदीय समिति बनाउने बताएका हुन् ।
मन्त्रिपरिषद् बैठकमा सहभागी एक मन्त्रीका अनुसार प्रधानमन्त्री प्रचण्डले संसदीय समिति बनाउने कुरामै सहमत नभए संसद् चलाउन कठिन हुने बताएका थिए । उनले कांग्रेसले भनेजस्तो व्यक्ति केन्द्रित भएर भने संसदीय समिति नबनाउने बताएका थिए ।
“व्यक्ति केन्द्रित हुनेगरी संसदीय समिति बन्दैन तर, प्रतिपक्षले उठाएको गम्भीर सवाल भएकाले सहकारीको रकम अपचलनसहितका विषयको छानबिन उद्धृत गर्दै ती मन्त्रीले बाह्रखरीसँग भने ।
प्रकाशित मिति: बिहीबार, जेठ ३, २०८१ १६:१२
प्रतिक्रिया दिनुहोस्