site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
विदेशी लगानीकर्ताले भनेका छन्– गुन्डाबाट बचाउनुपर्‍यो : माधव नेपाल 
SkywellSkywell

काठमाडौं । सत्तासाझेदार दल नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपालमा लगानी गर्न उत्साहित हुने वातावरण नभएको बताएका छन् । तेस्रो लगानी सम्मेलन जारी रहँदा उनले यस्तो टिप्पणी गरेका हुन् ।

सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले स्वदेशी तथा विदेशी लगानी प्रवर्द्धनका निम्ति सरकारले सहज वातावरण बनाउनुपर्ने आवश्यकता औँल्याए । अनावश्यक पैसाको खर्च र गुन्डागर्दीबाट बचाउने हो भने जति पनि लगानी गर्न इच्छुक रहेको विदेशी लगानीकर्ताले आफूलाई समेत भन्ने गरेको अध्यक्ष नेपालको भनाइ थियो ।

Dabur Nepal
NIC Asia

“...मसँगै भनेका छन् कतिले– हामी नेपाललाई कुनै नोक्सान नहुने गरी, नोक्सान हामी व्यहोर्ने गरी हामी विभिन्न कारखाना खोल्न चाहन्छौँ । तर, हामीलाई गुन्डाबाट बचाउनुपर्‍यो । डनबाट जोगाउनुपर्‍यो । अनावश्यक पैसाको खर्च हुने कुराबाट जोगाउनुपर्‍यो । हामीलाई अरू किसिमको झन्झटबाट मुक्त गरिदिनुपर्‍यो,” उनले भने ।

उनले देश र जनताको हित हुने गरी काम गर्न पनि सरकारलाई सुझाव दिए । राज्यले दिनुपर्ने सुविधा सहज रूपमा उपलब्ध गराइए नेपालमा जति पनि पैसा ल्याउन सक्छौँ भन्ने कुरा लगानीकर्ताबाट आउने गरेको भन्दै उनले सरकारको ध्यानाकर्षण गराए ।

नेपालमा लगानी प्रवर्द्धन हुन नसक्नुको कारणको खोजी गर्न पनि उनले सरकारलाई सुझाव दिए । न्युज एजेन्सी नेपाल

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख १७, २०८१  १६:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu