site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
चिनियाँ सेनामा हेरफेर, नयाँ युनिट किन बनाइयो ?
Sarbottam CementSarbottam Cement

बेइजिङ्ग । चीनले आधुनिक युद्धको चुनौती सामना गर्नका लागि सेनामा महत्वपूर्ण फेरबदल गरेको छ । 

पछिल्लो एक दशकमा चिनियाँ सेनामा गरिएको योे सबैभन्दा ठूलो फेरबदल  हो ।  १९ अप्रिलका दिन चीनले नयाँ सैन्य युनिट बनाउने घोषणा गरेको थियो । चीनको सरकारी समचार एजेन्सी सिन्ह्वाका अनुसार यो सैन्य युनिटलाई इन्फर्मेसन सपोर्ट फोर्सको नाम दिइएको छ । 

एक विशेष कार्यक्रमका बीच सो युनिटको घोषणा गरिएको थियो । कार्यक्रममा राष्ट्रपति सी जिनपिङ्गका साथै केन्द्रीय सैन्य आयोगका कैयौं वरिष्ठ व्यक्ति सामेल थिए । 

Prabhu Bank
Agni Group
NIC Asia

राष्ट्रपति सी संैन्य आयोगका प्रमुख हुन् । उनले कार्यक्रममा सहभागी अधिकारीहरुसँग सो स्पेसल युनिट सेनाको रणनीतिक इकाई हुने र जसको काम नेटवर्क इन्फर्ममेसन सिस्टमलाई मजबुद गर्नु रहेको जनाएका थिए । 

उनले युनिटमा बफादारीको अवस्था हुनुपर्ने जनाउँदै पार्टीको आदेशलाई दृढतापूर्वक सुन्न निर्देशन दिएका थिए । पछिल्लो पटक सेनामा ठूलो परिवर्तन गर्दा ३१ डिसेम्बर २०१५मा बनाइएको रणनीतिक सहयोग फोर्सलाई भंग गरिएको थियो । 

Global Ime bank

चीनको रक्षा मन्त्रालयले सेनाको नयाँ युनिट गठन गरिएको जानकारी गराउन एक पत्रकार सम्मेलनकै आयोजना गरेको थियो ।  प्रवक्ता वू कियानले सो अवसरमा नयाँ सुधार अन्तर्गत अब पिपुल्स लिबरेसन आर्मीसँग चारवटा सर्भिसेज रहेको जनाउँदै जसमा सेना, नौसेना, वायुसेना र रकेट फोर्स रहेको जनाएका थिए । 

उनले चार सर्भिसेज बाहेक चार आर्म्स पनि रहेको उनले जनाएका थिए ।  त्यसमा एयरस्पेस फोर्स, साइबर स्पेस फोर्स, इन्फर्मेसन सपोर्ट फोर्स र ज्वाइन्ट लजिस्टिक सपोर्ट फोर्स सामेल रहेको उनको भनाई थियो ।

उनका अनुसार एयरस्पेस फोर्सको मद्धतले चीन अन्तरिक्षमा आफूलाई बलियो बनाउन सफल हुनेछ । जबकि साइबर स्पेस फोर्सले देशलाई साइबर हमलाबाट बचाउनेछ र डेटाको सुरक्षाको लागि पनि मद्धत गर्नेछ ।

यद्यपि उनले नयाँ युनिटको बारेमा धेरै जानकारी दिएनन् ।  सेनाको अखबार पीएलए डेलीले आधुनिक युद्धमा जित सूचनामा निर्भर हुने जनाउँदै यो अवस्थामा जसको साथ बढी सूचना हुन्छ उसले युद्धमा सफलता हासिल गर्ने जनाएको छ ।

रणनीतिक फोर्समा काम गर्नेलाई नयाँ जिम्मेवारी

चीनको मिडियाको भन्दा पनि बढी चासो हङ्गकङ्गको मिडियामा सेनाको नयाँ युनिटको नेतृत्व कसले गर्ला भन्ने  थियो ।  अहिले लेफ्टीनेन्ट जनरल बी यीलाई नयाँ युनिटको कमान्डर बनाइएको छ । उनी यसअघि रणनीतिक फोर्सको उपकमान्डर रहेका थिए । 

हङ्गकङ्गको स्वतन्त्र समाचारपत्र मिंग पाओका अनुसार रणनीतिक सपोर्ट फोर्सका राजनीतिक कमिश्नर रहिसकेका ली वेईलाई नयाँ युनिटको राजनीतिक कमिश्नर बनाइएको छ । सिंग ताओ डेलीका अनुसार रणनीतिक सपोर्ट फोर्सका पूर्व कमान्डर तथा चिनियाँ कम्युनिस्ट पार्टीका २०औँ केन्द्रीय समितिका सदस्य जू कियानशेंग भने नयाँ युनिटको नेतृत्व गर्नका लागि छानिएनन् । 

यसले गर्दा उनी सैन्य भ्रष्टाचार मामिलामा अल्झिएको आकलन हुन थालेको छ । संयोगले भ्रष्टाचारको मामिला सामना गरिरहेका पूर्वरक्षामन्त्री ली शांगफू २०१६मा रणनीतिक सपोर्ट फोर्सका उपकमाण्डर रहेका थिए ।

समुद्रमा चीनको तयारी 

यसैबीच चीनले किंगदाओमा मे २१ देखि अप्रिल सम्म १९ औं द्विवार्षिक पश्चिमी प्रशान्त नौसेना कार्यक्रमको आयोजना गरेको थियो ।  यो कार्यक्रमको केन्द्रमा साझा भविश्यको लागि समुद्रको बारेमा चर्चा गरिएको थियो ।

चीनका मिडियाले यो कार्यक्रमलाई यस क्षेत्रमा चीनले शान्ति चाहेको रुपमा व्याख्या गरेका थिए । तिनै मिडियाले  अमेरिकाले भने सो क्षेत्रमा तनाव निम्त्याउन खोजेको आरोप लगाएका थिए । बीबीसीबाट 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख १७, २०८१  ०९:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय