site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
अमेरिकामा बसलाई ट्रकले ठक्कर दिँदा आठ कामदारको मृत्यु

फ्लोरिडा । अमेरिकाको फ्लोरिडामा एउटा फार्मका कामदार बोकेर गुडिरहेको बसलाई ट्रकले ठक्कर दिँदा आठजनाको मृत्यु भएको छ । दर्जनौँ घाइते भएका छन् ।

मध्य फ्लोरिडाको हाइवेमा ५३ कामदार लिएर गुडिरहेको बसलाई ट्रकले ठक्कर दिएको प्रहरीले जनाएको छ । प्रहरीले ट्रक चालक ब्रायन म्याक्लिन होवार्डलाई पक्राउ गरेको छ । 

सो घटनामा घाइते भएका ३८ जनामध्ये आठजनाको अवस्था गम्भीर रहेको जनाइएको छ । घाइतेमध्ये ३० जना खतरामुक्त रहेका प्रहरीले उल्लेख गरेको छ । 

ट्रक चालकसहित सबै घाइतेलाई अस्पतालमा भर्ना गरिएको छ । सो घटना बिहान ६ः३५ बजे भएको थियो । सो बस कामदार लिएर फार्म तर्फ जान लागेको बेलामा दुर्घटनामा परेको थियो । फार्मका केही कामदार मेक्सिकोका रहेको बताइए पनि अन्य कुन देशका थिए भन्ने खुलाइएको छैन । एबीसी न्युज
 

प्रकाशित मिति: बुधबार, जेठ २, २०८१  १३:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro