site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
युक्रेनको सेना भन्छ– हामी खराब अवस्थामा छौँ
Sarbottam CementSarbottam Cement

युक्रेन । युक्रेनका सेनापति ओलेक्सान्दर सिर्सकीले रुससँगको युद्धमा युक्रेनको अग्रमोर्चाको हालत खराब भएको जनाएका छन् । रुसी सेनाको धेरै आक्रमणका कारण यस्तो अवस्था सिर्जना भएको उनको भनाइ छ । 

युक्रेनको सेना पूर्वी डोनेस्क क्षेत्रबाट फिर्ता भएको थियो । रुसी सेनाले युक्रेनको सेनाको तुलनामा जनशक्ति र हातहतियारको हिसाबले आफूलाई सर्वोच्च ठानिरहेको थियो भने युक्रेन आमेरिकी हतियारको प्रतिक्षामा रहेको थियो । यद्यपि, गएको साता अमेरिकाले ६१ बिलियन डलरको सैन्य सहयोग सम्बन्धी प्याकेज अमेरिकाले स्वीकृत गरिसकेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

तर, ती हतियार अझै फ्रन्टलाइनमा आइसकेका छैनन् । युक्रेनको सेना महिनौंदेखि हातहतियार, सेना र एयर डिफेन्सको अभावमा रहेको जनाइएको छ । 

सेनापतिले डोनेट्स्कस्थित डिफेन्सिभ लाइनबाट युक्रेनको सेना फिर्ता भएको उल्लेख गरेका छन् । उनका अनुसार अहिले युद्ध चासिभ यारको वरपर केन्द्रित रहेको छ, जुन युक्रेनको बलियो नियन्त्रणमा रहेको छ । बीबीसी

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख १७, २०८१  ०८:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय