राजनीति
काठमाडौं । बझाङ उपनिर्वाचनमा नेपाली कांग्रेस अगाडि छ । प्रदेशसभा निर्वाचन क्षेत्र १ (१) को लागि भएको उपनिर्वाचनको मतगणनाअनुसार कांग्रेसले अग्रता बनाएको हो ।
कांग्रेस उमेदवार अभिषेकबहादुर सिंहले ८ हजार २२७ मत पाएका छन् । दोस्रो स्थानमा रहेका नेकपा एमाले उमेदवार दमनबहादुर भण्डारीले ७ हजार ९७४ मत प्राप्त गरेका छन् ।
माओवादी केन्द्रका जनक बुढाले ३ हजार ३३ मत प्राप्त गरेका छन् ।
प्रकाशित मिति: सोमबार, वैशाख १७, २०८१ ०७:४२
प्रतिक्रिया दिनुहोस्