site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
गण्डकी र आर्मीको जित, सुदूरपश्चिम र मधेसको बराबरी
Sarbottam CementSarbottam Cement

धुलिखेल । छैटौँ साहना प्रधान स्मृति राष्ट्रिय महिला हक्की प्रतियोगितामा गण्डकी प्रदेश र विभागीय टोली आर्मी क्लबले जित निकालेको छ ।

आइतबार भएको पहिलो खेलमा सुदूरपश्चिम प्रदेश र मधेसले १–१ गोलको बराबरी खेले । सुदूरपश्चिमका लागि खेलको १४औँ मिनेटमा सन्जु चौधरीले गोल गर्दै टिमलाई अग्रता दिलाइन । सुदूरपश्चिमले आफ्नो अग्रता अन्तिमसम्म जोगाउन सकेन ।

खेलको ३४औँ मिनेटमा भुमिका कुमारीले मधेसका लागि गोल गर्दै टिमलाई बराबरीमा राखिन् ।

Prabhu Bank
Agni Group
NIC Asia

आज नै भएको दोस्रो खेलमा गण्डकी प्रदेशले बागमती प्रदेशले प्रदेशलाई ६–० गोल अन्तरले हराएको हो । गण्डकी  प्रदेशका लागि खेलको छैटौँ मिनेटमा सीतामाया बलले गोल गर्दै टिमलाई अग्रता दिलाइन । खेलको ३६औँ मिनेटमा गिता पुन मगरले गोल गर्दै टिमलाई २–० गोलको अग्रता दिलाइन् ।

खेलको ३७औँ मिनेटमा सीता माया पुनले गोल गर्दै गण्डकी टिमलाई ३–० गोलको अग्रता दिलाइन् । खेलको ४५औँ मिनेटमा ज्योति काफ्लेले गोल गण्डकीले ४–० गोलको अग्रता बनायो ।

Global Ime bank

ज्योतिले नै खेलको ५३औँ मिनेटमा गोल गर्दा गण्डकीले ५–० गोलको अग्रता बनायो । खेलको ५४औँ मिनेटमा ह्याट्रिक गर्दै गण्डकीलाई  ६–० गोलको जित दिलाइन् ।

आज भएको तेस्रो खेलमा सुदूरपश्चिम प्रदेशले लुम्बिनी प्रदेशलाई ८–० गोल अन्त्तरले हराएको हो ।

सुदूरपश्चिमका लागि खेलको सन्जु चौधरी ह्याट्रिक पूरा गर्दा नमिता एसके र अनु गिरिले दुई दुई गोल गरिन् । त्यस्तै पुर्निमा उरा एक गोल गरिन् ।

आइतबार भएको अन्तिम खेलमा आर्मी क्लबले बागमती क्लबलाई ९–० गोलले हरायो । आर्मीका लागि  सरस्वती तामाङले चार गोल गरिन । त्यस्तै सिमा खड्काले दुई गोल गर्दा डम्मरा भट्ट र सुनिता नेगिले एक–एक गोल गरिन् ।

प्रतियोगिता अन्तर्गत भोलि सोमबार चार खेलहरु हुनेछन् । प्रतियोगितामा नेपाल आर्मी, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, मधेश प्रदेश र सुदूरपश्चिम प्रदेश गरी ६ टिमको सहभागिता रहेको छ ।

सहभागी टिमलाई दुई समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइएको छ ।

प्रतियोगितामा पहिलो हुने टोलीले एक लाख पाउँदा दोस्रोले ७५ हजार र तेस्रो हुनेले ५० हजार रुपैयाँ पुरस्कार प्रमाण पत्र प्राप्त गर्नेछन् ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख १६, २०८१  २३:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय