site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
नीति तथा कार्यक्रम र १६औँ पञ्चवर्षीय योजना मन्त्रिपरिषद्‌बाट पारित 

काठमाडौं । आउँदो आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम पारित गरिएको छ । मंगलबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकबाट नीति तथा कार्यक्रम पारित गरिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

आज दिउँसो ३ बजे बस्ने संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् ।

मन्त्रिपरिषद् बैठकबाट १६औँ पञ्चवर्षीय योजना पनि पारित गरिएको उनले बताइन् ।

प्रकाशित मिति: मंगलबार, जेठ १, २०८१  ११:३८
प्रतिक्रिया दिनुहोस्