site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
‘हात्तीपाइले रोगविरुद्धको औषधिबारे भ्रममा नपरौँ, निर्धक्क सेवन गरौँ’ 
प्रतीकात्मक तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । सरकारले आइतबारदेखि हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउन सुरु गरेको छ । हात्तीपाइले रोगको जोखिम रहेका झापा, धनुषा, सर्लाही, रौतहट, रसुवा, महोत्तरी र कपिलवस्तुमा अभियान सञ्चालन गरिँदै छ ।

ती सात जिल्लामा यसअघि आमऔषधि सेवन अभियान सञ्चालन गरिए पनि सफल भएको थिएन । सोही कारण पुनः अभियान सञ्चालन गरिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)का निर्देशक डा. रुद्र मरासिनीले जानकारी दिए ।

डा. मरासिनीका अनुसार, सात जिल्लाका १०१ स्थानीय तहका ५० लाख ७८ हजारजनालाई औषधि खुवाइनेछ ।

Prabhu Bank
Agni Group
NIC Asia

हात्तीपाइलेको जीवाणु कम्मरमुनिको भाग विशेष गरी घुँडादेखि तल र अन्डकोषमा बस्ने हुन्छ । त्यसपछि त्यही स्थानमा नयाँ जीवाणु उत्पादन गर्दै जाने हुँदा अधिकांश हात्तीपाइले रोगीका खुट्टा असामान्य देखिन्छ ।

यसरी खुट्टा वा अन्डकोष सुन्निएका रोगीको शल्यक्रियाबाट उपचार गर्न सकिन्छ । तर, अधिकांश व्यक्तिमा यसको लक्षण ढिलो देखिन्छ । कतिपयमा लक्षण नदेखिए पनि जीवाणु रहिरहेको हुन्छ ।

Global Ime bank

ईडीसीडीका अनुसार, हात्तीपाइलेको परजीवी शरीरमा रहेको २० वर्षसम्म पनि असर देखिन सक्छ । त्यसैले लक्षण देखिए वा नदेखिए पनि जोखिमयुक्त क्षेत्र छुट्ट्याएर सरकारले औषधि अभियान चलाउने गरेको छ ।

हात्तीपाइले रोगी भएका घरमा एउटै लामुखट्टेले अरूलाई पनि टोक्न सक्ने र संक्रमण सार्ने जोखिम हुन्छ । त्यसैले घरका सबै सदस्यले औषधि सेवन गर्नुपर्छ ।

हात्तीपाइले रोगविरुद्धको खोप विकास भएको छैन । जति पनि मुलुकबाट यो रोग निवारण भएको छ, औषधिकै कारण भएको छ ।

विश्व स्वास्थ्य संगठनले सन् २००१ मा विश्वका ७१ देशमा हात्तीपाइले संक्रमित रहेका प्रतिवेदन सार्वजनिक गरेको थियो । तीमध्ये लगातार औषधि वितरण कार्यक्रममार्फत २६ देशमा हात्तीपाइले पूर्ण रूपमा निवारण भइसकेको छ । सन् २०२३ मा आइपुग्दा ४४ देशका झन्डै ८८ करोड जनसंख्यामा हात्तीपाइलेविरुद्धको औषधि अभियान चलाइएको संगठनले जनाएको छ ।

विश्व स्वास्थ्य संगठनको सिफारिसमा ७१ मुलुकमा प्रयोग गरिएको औषधि नै नेपालमा पनि वितरण गरिएकाले यसबारे भ्रममा नपर्न ईडीसीडीले आग्रह गरेको छ ।

हात्तीपाइले रोकथामका निम्ति लगातार ६ वर्षसम्म प्रतिवर्ष एक मात्राका दरले औषधि सेवन गर्नुपर्ने हुन्छ । हात्तीपाइलेविरुद्धको औषधि खाएपछि सामान्य टाउको दुख्ने, वाकवाकी लाग्ने, हल्का पेट दुख्ने, रिँगटा लाग्नेजस्ता लक्षण देखिन सक्छ । यस्ता लक्षण थोरै समय रहने र विस्तारै ठिक हुँदै जाने हुन्छ । तर, कसैलाई लामो समय रहेमा औषधि वितरण गरिएकै स्वास्थ्य संस्थाबाट सल्लाह र उपचार सेवा लिन ईडीसीडीको सुझाव छ । 

हात्तीपाइलेविरुद्धको औषधि दुई वर्षमुनिका बालबालिका, गर्भवती तथा सात दिनसम्मका सुत्केरी र सिकिस्त बिरामीले सेवन गर्नु नहुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । खाली पेटमा पनि यो औषधि सेवन गर्नु हुँदैन ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख १७, २०८१  ०६:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय